Sunday , June 25 2017

स्वामी अरुणानन्दको तपोबनमा देखिए शरद र निशा, बिहेको चर्चा

ब्रेकअपको हल्ला चलिरहँदा नायिका निशा अधिकारी र क्रिकेटर शरद भेष्वाकर एकसाथ देखिएका छन् । दुबै जना स्वामी अरुणानन्दको ओशो तपोबनमा देखिएका हुन् । दुबैको फोटो स्वामी आनन्द अरुणले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । असार २ गते (हिजो) स्वामी आनन्द अरुणको ७४ औ जन्मोत्सबमा आयोजित वासुदेव कुटुम्बकम नामक सभामा शरद र निशा पनि पुगेका थिए । त्यहाँ उनीहरुले सधखारुको सांस्कृतिक प्रस्तुतिको आनन्द लिएको स्वामीले जनाएका छन् ।

चितवनमा पनि सँगै देखिए

यस्तै, शरद र निशा केही दिनअघि चितवनमा पनि सँगै देखिएका छन् । नायिका अधिकारीले काम गरिरहेको चलचित्र ‘पोखराकी काली’को छायांकनका क्रममा शरद चितवन पुगेका थिए ।

बिहेको चर्चा

यसैबीच, शरद र निशा एकसाथ देखिरहँदा यी दुइविच बिहेको चर्चा समेत चलेको छ । बुझ्नमा आए अनुसार निशा र शरदले असारको मध्यतिर बिहे गर्दैछन् । निशाले चलचित्र ‘पोखराकी काली’को यूनिटसँग आफ्नो बाँकी सुटिङ बिहेपछि गर्ने भन्दै काठमाण्डौ आएको वुझिएको छ ।

Check Also

ट्रेलरमा यस्तो देखियो निखिल र सौगातको ‘संरक्षण’

अभिनेता निखिल उप्रेती र सौगात मल्लले पहिलो पटक एक साथ अभिनय गरेको चलचित्र ‘संरक्षण’को ट्रेलर …