Thursday , January 18 2018

हरिप्रसाद र चन्द्रराजलाई भक्तराज आचार्य संगीत सम्मान

रेडियो नेपालका प्रथम गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमाल ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७४’ बाट सम्मानित भएका छन् । भक्तराज आचार्य संगीत प्रतिष्ठान तथा सिटी एक्सप्रेस मनि ट्रान्सफरले शुक्रबार राजधानीमा एक कार्यक्रम सहित रिमाल सो पुरस्कार प्रदान गर्यो ।
रिमालले गीत संगीतमा पुर्याएको योगदानको कदर ५० हजार १ रुपैयाँ नगद राशी सहितको यो पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा बरिष्ठ संगीतकार कलाभुषण चन्द्रराज शर्मालाई ‘भक्तराज आचार्य अन्तर्राष्ट्रिय संगीत पुरस्कार २०७४’ अर्पण गरियो । ५० हजार १ रुपिया नगद राशी सहितको यो पुरस्कार उनले सांगीतिक क्षेत्रमा पुर्याएको योगदानका कारणले प्राप्त गरेका छन् ।
दुबै सम्मान भजन शिरोमणि भक्तराज आचार्यले प्रदान गरेका थिए । गीत संगीत क्षेत्रका थुप्रै कलाकर्मीको उपस्थिति रहेको कार्यक्रममा भक्तराजका छोरा गायक स्वरुपराज आचार्यले गीत संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने ब्यक्तिहरुको सम्मानका लागि भक्तराज आचार्य संगीत प्रतिष्ठान गठन भएको बताए ।उनले प्रत्येक वर्ष यसैगरी गीतसंगीतको महारथीलाई प्रतिष्ठानले सम्मान गर्ने योजना बनाएको बताए ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …