Wednesday , November 22 2017

हिरोइन राखेर बुलेट बाइकमा स्टेजमा उत्रिए प्रदीप

प्रचारका लागि कन्सर्ट सहित देश दौडामा हिडेको चलचित्र ‘प्रेमगीत २’ युनिट आज सोमबार बुटवलमा प्रस्तुत हुँदैछ । दमौलीबाट कन्सर्ट सुरु गरेको युनिट पोखरा, नेपालगंञ्ज हुँदै बुटवल पुग्ने भएको हो ।

सुरुको दिन दमौलीको फुटबल मैदानमा खचाखच दर्शकसामु प्रस्तुत भएको युनिटले दर्शकको उत्साहजन साथ पाउन सफल भयो । दर्शकले निर्माण युनिटलाई तव घेरे जव चलचित्रका नायक प्रदीप खड्का नायिका अश्लेषा ठकुरीलाई चढाएर बुलेट बाइकमा मंचमा देखिए । सो अवसरमा शिशिर भण्डारी, सन्तोस सेन लगायत कलाकारले समेत दर्शकलाई मनोरन्जन पेट मिचिमिचि हसाए ।

पोखराको चिप्लेढुंगामा शनिबार यो युनिट यस्तै कन्सर्ट सहित उत्रियो । दर्शक र कलाकार झरीमा रुझ्दै युनिटसँग प्रेम साटासाट गरे । आइतबार
नेपालगंजमा पनि टोलीले दर्शकको उत्साहजनक साथ पायो । चलचित्रको गीतख गाउँदै कलाकार स्टेजमा देखिका दर्शकले नृत्य र तालिले साथ दिए ।
बुटवलमा आजसाँझ चलचित्र युनिटले कन्सर्ट सहित चलचित्रको प्रचार गर्ने कार्यक्रम राखेको निर्माता सन्तोस सेनले बताए ।

१३ साउनबाट प्रदर्शनमा आउँने यो चलचित्रले प्रेमकथा बिषयको रुपमा उठाएको छ । प्रदीप खड्का, अश्लेषा ठकुरी, सन्तोस सेन लगायतको अभिनय रहेको चलचित्र रामशरण पाठकले निर्देशन गरेका हुन् ।

Check Also

लगातार फ्लप – छुल्ठिम गुरुङ

नोभेम्बर रेनमा सहायक भूमिकामा सीमित थिइन्, छुल्ठिम गुरुङ । तर, निकै प्रशंसा कमाइन् । फिल्म …