Tuesday , August 22 2017

‘हो हामी अवार्डको बीचैमा बाहिरिएकै हौ’-दिपकराज गिरी

कलाकार दिपकराज गिरीले ‘अवार्ड’ बाहिस्कार गरेको भन्ने विषयमा स्पष्टिकरण दिएका छन । सामाजिक सञ्जाल फेसबुमा स्टाटस लेख्दै गिरीले निकै गुमाउरो पारामा आफु अवार्ड नथापि बाहिरिएको कुरा स्पष्ट पार्न खोजेका छन ।काठमाण्डौको हायात होटलमा आयोजित ‘पाँचौ एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा फिल्म ‘छक्का पन्जा’ले ‘कुसुमे रुमाल, व्यवसायिक चलचित्र’को विधामा पुरस्कार पाएको थियो । तर उक्त पुरस्कार घोषणा हुने बेलाका दिपक राज गिरी र दिपाश्री निरौला बाहिरिसकेका थिए । यसरी बाहिरिएपछि अवार्ड बाहिस्कार गरेको भनेर सामाजिक सञ्जाल तथा मिडियाहरुमा आएका थिए ।

अवार्ड बाहिस्कारको समाचार मिडियामा आएपछि स्पष्टीकरण लेख्दै दिपकराज गिरीले भनेका छन । हामी हामि अवार्ड समारोहबाट बिचमा हिडेको सहि हो । तर तालि मात्रै बजाउन आको भनेको चाहि होइनू । आफुहरु काम विशेषले बाहिर निस्के पनि अवार्ड बाहिस्कार गरेको भने होइन । व्यस्त मान्छे दिनभर बसिरहनु पर्ने पनि होइन भन्दे गिरी लेख्छन ‘एउटा बिहेमा जॉदा दुलहि नभित्र्याइन्जेल बस्नु पर्छ भन्ने छ र ?’

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …