Sunday , June 25 2017

२३ दिनमा सकियो कथा काठमाण्डु

चलचित्र ‘कथा काठमाण्डु’को छायाँकन २३ दिनमा सकिएको छ । टेलिभिजनको दुनियाँमा राम्रै नाम कमाएपछि भीजे संगीता श्रेष्ठले निर्देशन गरेको चलचित्र ‘कथा काठमाण्डु’ मंगलबार सम्पूर्ण छायांकन सकिएको छ । ‘हामीले ३ चरणमा चलचित्रको छायांकन गरेका छौ । जम्मा २३ दिन चलचित्र खिचिएको छ’, संगीताले भनिन् ।
चलचित्रमा प्रियंका कार्की, आयुष्मान देसराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीलगायतका कलाकोरको मुख्य भूमिका छ ।‘यो चलचित्र भित्र ३ वटा कथा छ । तर, तिनै वटा कथाका पात्रको कनेक्शन एक अर्कासँग छ । हामीले नेपाली चलचित्रमा पहिलो पटक यस्तो कथामा चलचित्र बनाएका छौ ।’ संगीतलाले बताइन् । उनका अनुसार, प्रियंकाको कथाको कनेक्शन सन्ध्यासँग र सन्ध्याको कथाको कनेक्शन आयुष्मानसँग छ ।आहाना फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा विजय राइको लगानी छ । चलचित्रको छायांकन सकेसँगै यसको निर्माणपक्षले केही तस्बिर समेत मिडियालाई उपलब्ध गराएको छ । गायिका इन्दिरा जोशीको पनि चलचित्रमा विशेष भूमिका रहेको वुझ्न सकिन्छ ।
निर्माणपक्षले उपलब्ध गराएको तस्बिरमा संजोग र सन्ध्या कलेजको पहिरनमा देखिएका छन् । यस्तै, तस्बिर हेर्दा नायिका प्रियंका कार्की र कलाकार प्रमोद अग्रहरीको कनेक्शन पनि देखिएको छ । चलचित्रको प्रदर्शन मिति चाडै नै तय गरिने संगीताले बताइन् ।

Check Also

ट्रेलरमा यस्तो देखियो निखिल र सौगातको ‘संरक्षण’

अभिनेता निखिल उप्रेती र सौगात मल्लले पहिलो पटक एक साथ अभिनय गरेको चलचित्र ‘संरक्षण’को ट्रेलर …