Sunday , August 20 2017

“२ रुपैया”को क्यारेक्टर पोस्टर सार्बजनिक

ए जी टु वान प्रोडक्सन प्रालि र ब्ल्याक हर्स पिक्चर्स प्रालि मार्फत संयुक्त रुपमा निर्माण भएको चलचित्र “२ रुपैया” को क्यारेक्टर पोस्टर सार्बजनिक भएको छ l फिल्मका कलाकार तथा निर्माता समेत रहेका निश्चल बस्नेतले आफ्नो अफिसियल फेसबुक आईडि मार्फत सो पोस्टर सार्बजनिक गरेका हुन् l चलचित्रका मुख्य २ पात्र जुरेली “निश्चल बस्नेत” र दारी “आसिफ साह” को क्यारेक्टर पोस्टर सार्बजनिक संगै फिल्मको मुख्य २ पात्र पनि सार्बजनिक भएको हो l पोस्टरलाइ नेपालि रुपैयाकै शैलीमा डिजाईन गरिएको छ भने फिल्म पनि नाम जस्तै २ रुपैया कै पेरिफेरिमा रहेको निश्चल बस्नेत बताउछन l

आगामी भाद्र २३ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको यस फिल्ममा आशिफ, निश्चल संगै बुद्धि तामाङ्ग, मेनुका प्रधान, रबिन्द्र झा, राजन ईशान, टिका पहारी, प्रतिकराज न्यौपाने लगायतका कलाकारहरु रहेका छन् भने चलचित्रलाई अशिम साहले गरेका छन् l हाल सम्पादनको कार्य भईरहेको फिल्म २ रुपैयाको अधिकांश छायांकन पुर्वमा गरिएको छ भने पूर्वकै गोकुलम रिसोर्टमा छायांकन भएको “कुटुमा कुटु सुपारी दाना” गीतले राम्रै स्थान बनाउनेमा निर्धक्क छन् फिल्म युनिट l यस गीतमा निश्चल पत्नी स्वस्थिमा खड्कालाई पनि छमछमी नाचेको देख्न सकिन्छ l

Check Also

पलेँटीमा संगीतकार आभास र मीना

नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यसपटक …