Tuesday , August 22 2017

४८ घण्टामा कतिपटक खोजियो ‘नाईलनको साडी’ ?

पछिल्लो समय सामाजिक सञ्जालमा एउटै कुरा चर्चामा छ, त्यो हो ‘नाईनलको सारी’ । सामाजिक सञ्जालमा चर्चाको बिषयमा रहेको ‘नाईनलको सारी’ अरु केहि नभएर प्रदर्शनमा आउन लागेको चलचित्र ‘छक्का पन्जा २’ को गीतको हो ।चलचित्रमा समावेश पहिलो गीत गत शुक्रबार बिहान सार्वजनिक भएको थियो । सार्वजनिक गीतमा नाईलनको सारी को कुरा गरेर नलाईएको बिषयमा धेरैले गुनासो गरेका छन् । यद्यपी चलचित्रका नायक तथा निर्मातामध्येका एक दीपकराज गिरीले गीतको बारेमा धेरै गुनासो गरेता पनि चलचित्र हेरेपछि दर्शकले गीतको प्रसङ्ग पनि बुझ्ने स्पस्ट पारेका छन् ।सार्वजनिक गरेको ४८ घण्टामा नै गीतलाई १२ लाख भन्दा धेरैपटक हेरिएको छ ।

गीतमा अल्मोडा राना उप्रेती र सुजाता बर्माको स्वर रहेको छ भने प्रिन्स नेपाली र स्वर्गिय कान्छा मगर नेपालीको संगीत रहेको छ । गीतको शब्द दीपकराज गिरी र प्रिन्स नेपालीले लेखेका छन् । चलचित्रको गीत २४ घण्टा नबित्दै नेपालको पहिलो नंबर ट्रेन्ड्रिङमा आएको थियो भने अहिले पनि ट्रेन्डिङमा नै छ ।असोज ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रमा लाई महिना निर्देशक दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । उनले यो भन्दा अघि ‘छक्कापन्जा’ निर्देशन गरेकी थिईन् । गतबर्ष प्रदर्शनमा आएको चलचित्रले कमाईका कयौँ रेकर्डहरु पनि तोडेको थियो । चलचित्रका दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, स्वरुप पुरुष ढकाल, स्वस्तिमा खड्का, आयुष्मान देशराज जोशी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …