Wednesday , November 22 2017

५३ पुगे अभिनेता हमाल : छिट्टै निर्देशनमा आउन सक्ने

अभिनयका कारणले महानायकको उपाधि पाएका अभिनेता राजेश हमाल ५३ बर्षमा लागेका छन् । उनी आज शुक्रबारबाट ५२ पुगेर ५३ टेकेका हुन् ।दुई दशक भन्दा लामो समय नेपाली चलचित्र अभिनयमा बिताएका हमालले दुई सय भन्दा माथीका चलचित्र अभिनय गरेका छन् ।स्वर्गिय निर्देशक दीपक रायमाझी निर्देशित युगदेखि युगसम्मबाट अभिनयमा डेब्यु गरेका हमालको अभिनय यात्रा अहिले पनि जारी छ ।चलचित्रको अलवा बिज्ञापन चलचित्र, म्युजिक भिडियो लगायत अभिनयमा समेत देखिदै आएका हमालले प्रेमिका मधु भट्टराईसँग चार वर्ष अगाडि लगनगाँठो कसेका हुन् । अब छिट्टै बाबु बन्ने तयारी आफ्नो रहेको उनले बताउँदै आएका छन् ।

अभिनयमा प्रवेश गर्ने धेरै कलाकार निर्माताको रुपमा समेत देखिन थालिसकेका छन् । कोही निर्देशक समेत बनिसकेका छन् । अभिनेता राजेश हमाल अहिलेसम्म यी कुराभन्दा बाहिर रहँदै आएका छन् । केही पहिले अभिनेता हमालले निर्देशनमा आफु उत्रिन सक्ने बताएका थिए । तर कहिले र के मार्फत उनले खुलाएनन् ।पछिल्लो समय केही कलाकार राजनीतिमा खुलेर प्रवेश गरेका छन् । अभिनेता राजेश हमालको भने अहिलेसम्म राजनीतिमा आउने कुनै योजना छैन रे । उनी बैशाख ३१ को स्थानीय निर्वाचनमा भने नेकपा एमालेको स्थानीय तहको उमेदवारको प्रचार प्रसारमा निस्किएका थिए ।

Check Also

लगातार फ्लप – छुल्ठिम गुरुङ

नोभेम्बर रेनमा सहायक भूमिकामा सीमित थिइन्, छुल्ठिम गुरुङ । तर, निकै प्रशंसा कमाइन् । फिल्म …