Friday , August 18 2017

Monthly Archives: April 2017

दयाहाङले अब फिल्म निर्देशन गर्ने

अहिलेको ब्यस्त नायक दयाहाङ राई अब निर्देशक बन्ने भएका छन् । आफै निर्देशक बन्ने भएपछि केही दिन अघि दयाहाङ फिल्मको स्किप्ट लेख्नका लागि भोजपुर पुगेका थिए ।गाउँको घरमा बसेर अग्र्यानिक स्क्रिप्ट लेखेर आएका दयाहाङले मुख्य भुमिकामा कसलाई अभिनय गराउने अझै भनेका छैनन् । आउँदो वर्ष मात्रै सुटिङमा सुरु गर्ने योजनामा छन् उनी ।सुरुमा नाटक लेख्ने सोचमा रहेका दयाहाङलाई केही साथीहरुले …

Read More »

बक्स अफिसको तयारी तीव्र

चलचित्र विकास बोर्डले बक्स अफिस सञ्चालनमा ल्याउने कामलाई तीव्र गतिमा अगाडि बढाएको बोर्डका अध्यक्ष राजकुमार राईले बताएका छन्। यसका लागि सबै सिनेमा हल सञ्चालकलाई सचेत गराउन र उनीहरूको गुनासो सुन्नका लागि हल अनुगमनमा निस्किएको उनले जनाएका छन्।राईका अनुसार अब चाँडै नै सिनेमा हलको टिकट काउन्टरमा एउटा हातमा सिगरेट समातेर एउटा हातले टिकट बेच्ने मान्छेलाई देख्नुपर्ने छैन। सबै हलको टिकट काउन्टरमा …

Read More »

असार ३० मा पल र पुजाको जोडीले गाउँने छन यो कस्तो गीत

पल शाह र पूजा शर्माको मुख्य जोडी रहेको फिल्म ‘म यस्तो गीत गाउँछु’ को सम्पूर्ण छायाँकन सकिएको छ । काठमाण्डौंबाट सुरु भएको फिल्मको छायाँकन अप्पर मुस्ताङमा पुगेर सकिएको हो । तोकिएको तालिका ४५ दिनमा सुटिङ सकिएको निर्देशक तथा निर्माता सुदर्शन थापाले जानकारी दिए । ‘मौसमले गर्दा केही दिन रोकिनु पर्यो तर पनि तोकिएकै समयमा सुटिङ सकिएको छ । सम्पादन कार्य …

Read More »

५ करोड लगानीमा नेपाली फिल्म बन्दै

५० लाख रुपैयाँसम्म खर्च गरेर मेक्सिकोको बाटो हुँदै हरेक दिनजसो नेपालीहरू गैरकानुनी रूपमा अमेरिका छिर्ने गर्छन् । जंगल, समुद्र र जेल हुँदै अमेरिकासम्मको यात्रा तय गर्ने क्रममा कतिपय नेपाली जंगली जनावरको सिकार पनि हुन्छन् । कतिपय समुद्रमा डुंगा डुबेर गोही र सार्कको सिकार हुन्छन् । कतिपय अमेरिका आउनुअगाडि नै अन्य देशमा पक्राउ परेर उतैबाट फर्काइन्छन् । यति धेरै जोखिमबीच पनि …

Read More »

क्यान्सरमुक्त भएको खुसीयाली मनाउँदै मनीषा कोइराला

नेपाली चेली तथा बलिउड अभिनेत्री मनीषा कोइरालाले आफू क्यान्सरमुक्त भएको खुसीयाली मनाउने बताएकी छिन्। भारतीय मिडियाका अनुसार उनी क्यान्सरमुक्त भएको छिट्टै नै ५ वर्ष हुनेछ र उनी त्यसको खुसीयाली मनाउनेछिन्।सुवास घईको फिल्म सौदागरबाट बलिउडमा आफ्नो करिअर शुरू गरेकी उनले आफूमाथि ईश्वरको कृपा रहेको र आफ्नो परिवार शिक्षक तथा डाक्टरको पूरा साथ मिलेको बताएकी छिन्। मनीषा छिट्टै नै सञ्जय दत्तको बायोपिक …

Read More »

गायक स्वरुपले यसरि सम्झिए आमालाई

आमाको मुख हेर्ने दिन नजिकै गर्दा आमाको सम्झनामा गायक स्वरुप राज आचार्यले “आमा खै कसरी सुन्छिन्” बोलको गीत बजारका ल्याएका छन् । सागर ज्ञवालीको शब्द र निर्देशन रहेको उक्त गीत केहि समय अगाडि मात्र युट्युबमा सार्वजनिक भएको हो । सुरज गैरेको कम्पोज र सचिन सिंहको एरेन्ज रहेको यस गीतमा अरुणा कार्की, भोला तिमल्सिना, अमृता खनाल र रिदम सुवेदिले निकै नै अभिनय …

Read More »

“छक्का पञ्जा २” सुटिङमा

गत वर्ष व्यावसायीक रुपमा सफल फिल्म ‘छक्कापञ्जा’ को सिक्वेल ‘छक्का पञ्जा २’ को सुटिङ बिहिबारदेखि सुरु भएको छ। भक्तपुरको सूर्यविनायक मन्दिरमा चर्चित हास्यअभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले मुहुर्त गरेसँगै फिल्म ४० दिनका लागि छायांकनमा ओर्लिएको छ।  फिल्मको छायांकन राजधानी वरपर र चित्लाङमा हुने फिल्मका कार्यकारी निर्माता विकास राज आचार्यले बताए। फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, …

Read More »

‘मिसेस टप अफ द वर्ल्ड २०१७’मा सराडाले नेपालको प्रतिनिधित्व गर्ने

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस टप अफ द वल्र्ड २०१७’मा नेपालको प्रतिनिधित्व सराडा परियारले गर्ने भएकी छन् ।‘मिसेस टप अफ द वल्र्ड’का लागि आधिकारिक प्राप्त संस्था इप्लनेट र ग्रिन आर्ट मिडियाले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना सहित प्रतियोगी सार्वजनिक गरेको हो ।कार्यक्रममा ‘मिसेस टप अफ द वल्र्ड २०१६’की सहभागी रजनी थापाले सराडालाई ताज पहिराउँदै ‘मिसेस टप अफ द वल्र्ड २०१७’का लागि …

Read More »

पोस्टरबाट रेखाको फोटो हटाइएपछि गरिन बबाल

पोस्टरबाट रेखा थापाको फोटो हटाइएपछि बबाल मच्चिएको छ ।हितैषी छुल्ठिम गुरुङद्वारा निर्माण गरिएको चलचित्र डायरीमा रेखाले भिलेनको भूमिका निर्वाह गरेकी थिइन् । तर, फस्र्ट लुक सार्वजनिक गरिँदा पोस्टरमा छुल्ठिम गुरुङ र सन्नी सिंहको अनुहार मात्र देखाइएपछि कुनै समयका हितैषी छुल्ठिम र रेखाबीच पानी बाराबारको स्थिति पैदा भएको छ ।५ जेठमा रिलिज हुन लागेको ‘डायरी’को पोस्टरमा आफ्नो अनुहार नअटेपछि छुल्ठिमसँग रेखाले …

Read More »

रिमासँग बिकाशको प्रेम

अभिनेत्री समेत रहेकी मोडल रिमा विस्वकर्माको संचारकर्मी बिकाश लामिछाने सँगको प्रेम बाहिरिएको छ । यी दुबैको रियल लाईफ भन्दा पनि रिल लाइफको प्रेम बाहिरिएको हो ।अबुन पाण्डे र आगा लामाको स्वर रहेको ‘शुन्य शुन्य..’बोलको म्युजीक भिडीयोमा यी दुबैको प्रेम देख्न सकिन्छ । रमेश दाहालको शब्द तथा टिका दाहालको संगीत रहेको गीतको म्युजीक भिडीयोलाई शान थापाले तयार पारेका हुन् ।‘जरुरि छैन मायामा …

Read More »