Thursday , January 18 2018

भाद्र ३० मा रमेशको “लिला” रिलिज हुंदै

बिगत लामो समय देखि नेपली चलचित्रमा काम गर्दै आएका निर्देशक रमेश कोइरालाको चलचित्र “लिला” आगामी भाद्र ३० गते बाट प्रदर्शनमा आउने भएको छ । कृष्ण प्रसाद दङालको प्रस्तुती तथा लक्षमण बस्नेत र बिमला घिमिरे दङालको निर्माणमा तयार भएको चलचित्र लिला मा मलिना जोशी, राज कटुवाल, सन्जिता लुटेल, धुर्ब कोइराला, मुकुन्द किशोर भट्टराइ, जे.एन. घिमिरे, यादब बैरागी, सि पि पौडेल, देबि राम पराजुली आदि कलाकारहरुको अभिनय रहेको छ ।सस्पेन्स बिषयबस्तु, रोमान्चक प्रेम, हास्य, रोदन आदि सबै समाबेश गरिएको चलचित्रमा युवा बर्गलाइ लक्षित गरेर आइ.टी टेक्नोलोजीको  भरपुर प्रयोग गरिएको निर्देशक कोइरालाको दाबि रहेकोछ।

चलचित्रमा बसन्त सापकोटा र रमेश खड्का को  सङीत, कृष्णहरि बरालको शब्द , उदित नारायण झा , युवराज चौलागाइ , अन्जु पन्त , रेस्मा पुन , सचिन राइ आदिको गायन रहेको छ ।  शिब ढकालको छायंकन  तथा अस्ट महर्जनको द्‌न्द  रहेको चलचित्र “लिला” आगामी भाद्र ३० गते बाट चलचित्र भवनहरुमा प्रदर्शन हुने  जानकारि  चलचित्रका निर्देशक रमेश कोइरालाले   कुराकानिको क्रममा बताए ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …