Sunday , October 22 2017

सलमान र शाहरुख फ्लप हुँदै छन् : अजयको विश्लेषण

बलिउड अभिनेता अजय देवगन आफ्नो फिल्म सार्वजनिक हुनुअघि व्यापक गफ दिन्छन् । तर, उनका फिल्म भने फ्लप सावित हुन्छन् । अर्थात्, उनको फिल्मी करिअर ‘टाय टाय फिस्स’ चरितार्थ भएका उदाहरण धेरै छन् । तर, व्यक्तिगत रूपमा भने अजयले धेरै फ्यान बटुलेका छन् ।पछिल्ला केही फिल्मलाई आधार मान्दा त सलमान, शाहरुख र अक्षयकुमारको क्रेज पनि खस्किँदै गएको मान्न सकिन्छ । तर, अहिले बलिउडमा दबदबा भने उनीहरूकै छ ।

तर, फिल्म ‘बादशाह’ ल्याउने तयारी गरिरहेका अजयले भने सलमान र शाहरुख फ्लप हुँदै गएको विश्लेषण गरेका छन् । एक अन्तर्वार्तामा उनले भने, ‘सलमान र शाहरुखको फिल्म फ्लप भइरहेका छन्, किनभने सामाजिक सञ्जालमा फ्यानले के भनिरहेका छन् त्यसतर्फ उनीहरूलाई कुनै चासो छैन ।’‘ट्युबलाइट र जब ह्यारी मेट सेजल’प्रति इंगित गर्दै अजयले फ्यानको अपेक्षाअनुसार फिल्म दिन शाहरुख र सलमान पनि असफल हुँदै गएको बताए ।

Check Also

१४ वर्षपछि टेलिभिजनमा देखिनेछन् माधुरीका यी हिरो, यसकारण समाप्त भयो करियर

अनिल कपुरका भाइ संजय कपूर ५२ वर्ष भइसकेका छन् । अक्टोबर १७ तारिख १९६५ मा …