Wednesday , November 22 2017

हिरोइनका डेब्यु फिल्मले कति कमाए ?

अमिशा पटेल

अमिशाले ऋतिक रोशनसँगै सन् २००० मा ‘कहोना प्यार है’बाट डेब्यु गरेकी हुन् । जम्मा १० करोड भारुमा बनेको कहोना प्यार हैले भारु ७४ करोडको व्यापार गरेको बताइन्छ ।

सोनाक्षी सिन्हा

अभिनेता शत्रुघ्न सिन्हाकी पुत्री सोनाक्षीले सन् २०१० मा बनेको ‘दबंग’ फिल्मबाट डेब्यु गरेकी हुन् । सलमान खानका साथ उनी अभिनीत दबंग जम्मा ४२ करोडमा बनेको थियो भने दबंगले १९३ करोड भारु व्यापार गरेको थियो । सोनाक्षीलाई बलिउडमा दबंग गर्ल पनि भनिन्छ ।

काजल अग्रवाल

साउथ इन्डियन फिल्मकी चर्चित अभिनेत्री काजल सन् २०११ मा बनेको ‘सिंघम’ फिल्मबाट बलिउडमा प्रवेश गरेकी हुन् । डेब्यु फिल्ममा अजय देवगणकी जोडी बनेकी काजल त्यसपछि पनि केही बलिउड फिल्ममा देखिइन् । ४१ करोडमा बनेको सिंघमले १३५ करोड भारु कमाएको थियो ।

आलिया भट्ट

सन् २०१२ मा बनेको ‘स्टुडेन्ट अफ दी इयर’ फिल्मबाट डेब्यु गरेकी आलिया भट्टका प्रायः फिल्म हिट छन् । ५९ करोड भारुमा बनेको सो फिल्मले ८५ करोड कमाइ गरेको थियो । फिल्म करण जौहरले निर्माण गरेका हुन् ।

अनुष्का शर्मा

सन् २००८ मा बनेको ‘रबने बनादी जोडी’बाट डेब्यु गरेकी अनुष्का बलिउडकी चर्चित र सफल हिरोइन हुन् । पहिलो फिल्ममै शाहरुख खानकी जोडी बनेकी अनुष्काको सो फिल्मले ११६ करोड भारुको व्यापार गरेको थियो । फिल्म भने जम्मा ३९ करोड भारुमा निर्माण
भएको बताइन्छ ।

असिन

‘गजनी’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी असिन पनि सफल मानिन्छिन् । पहिलो फिल्ममै आमिर खानका साथ अभिनय गरेकी असिनको सो फिल्मले १५७ करोड भारु कमाएको थियो । फिल्म ५२ करोड भारुमा बनेको बताइन्छ ।

नरगिस फखरी

सन् २०११ को ‘रकस्टार’ फिल्मबाट डेब्यु गरेकी नरगिसको अचेल बलिउडमा चहलपहल छैन । यद्यपि, उनको पहिलो फिल्मले निर्मातालाई नाफा दिलाएको थियो । जम्मा ६६ करोड भारुमा बनेको रकस्टारले ९२ करोड भारु कमाएको थियो ।

महिमा चौधरी

महिमाको डेब्यु फिल्म ‘परदेश’ हो । सन् १९९७ मा बनेको सो फिल्मको निर्माण लागत जम्मा १० करोड थियो । शाहरुख खान स्टारर परदेशले भारु ३४ करोड कमाएको थियो ।

दीपिका पादुकोण

दीपिका पादुकोणले सन् २००७ मा ‘ओम शान्ति ओम’ फिल्मबाट डेब्यु गरेकी थिइन् । शाहरुख खानका साथ पर्दामा देखिएकी उनी पनि सफल हिरोइनमा पर्छिन् । ४० करोड भारुमा बनेको ओम शान्ति ओमले कुल १०९ करोड भारु कमाएको थियो ।

Check Also

१४ वर्षपछि टेलिभिजनमा देखिनेछन् माधुरीका यी हिरो, यसकारण समाप्त भयो करियर

अनिल कपुरका भाइ संजय कपूर ५२ वर्ष भइसकेका छन् । अक्टोबर १७ तारिख १९६५ मा …