Tuesday , January 23 2018

सकियो अमेरिका ब्वाइज

अमेरिका ब्वाइज फिल्मको सुटिङ सकिएको छ । काठमाडाैँ र झापाका विभिन्न स्थानमा खिचिएको फिल्मको सुटिङमै झन्डै दुई करोडभन्दा बढी रकम खर्च भएको दाबी निर्माण पक्षको छ ।बड्डी इन्टरटेन्मेन्ट र सिबर्ड पिक्चर्सको प्रस्तुति रहेको फिल्मलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् । वैदेशिक रोजगारीको विषयमा निर्माण गरिएको फिल्मका कार्यकारी निर्माता प्रकाश भुजेल हुन् । सुटिङमा दुई महिनाभन्दा बढी समय लागेकाले बजेट बढेको निर्माताको जिकिर छ ।

जेठ ४ गते प्रदर्शन गर्ने लक्ष्य लिइएको फिल्ममा सुनील थापा, अर्पण थापा, सृष्टि कार्की, कामेश्वर चौरसिया, हरिहर शर्मा, अभय बराल, सुभास गजुरेललगायतले अभिनय गरेका छन् । विवेक पाण्डेको कथा रहेको फिल्म आलोक शुक्लाले खिचेका हुन् ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …