Tuesday , October 24 2017

अमृता र बिक्रमलाई मोडल हन्टको उपाधि

काठमाडौं बालुवाटारकी २१ वर्षीया अमृता अधिकारी र जनपुरका १८ वर्षीय बिक्रम आदित्य महासेठ ‘मोडल हन्ट नेपाल २०१७’को उपाधि चुम्न सफल भएका छन् ।अन्तिम प्रतिस्पर्धामा बिक्रमले पुरुषतर्फ र अमृताले महिलातर्फको उपाधि जितेकी हुन् । बिक्रमले ६५ र अमृताले ३५ प्रतियोगीलाई पछि पार्दै उपाधि बिजेता बनेका छन् । अमृताले मोष्ट फोटो जेनिक र सुपरमोडलको समेत उपाधि हासिल गरेकी छिन् ।

बिक्रमले सुपर मोडलमा चुनिए ।दुबै शीर्ष बिजेताले चलचित्र, म्युजिक भिडियो अभिनय अवसर, बिभिन्न उपहारका साथमा नगद रु १ लाख नगद, अमेरिकामा आयोजना हुने वर्ल्ड फेसन परेडदेखि कोरियामा हुने लर्क्जरी मोडल अवार्डमा बिषेश प्रस्तुतिको अवसर प्राप्त गरेका छन् ।प्रतियोगितामा पुरुषतर्फ फष्टरनरअप र सेकेन्ड रनरअफ क्रमशः लक्की खड्गी र रमेशकुमार चौधरी घोषित भए । महिलातर्फ सिमरन खड्का र एकता कुबर बिजेता बनेका छन् ।

Check Also

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् …