Tuesday , October 24 2017

अंकित तिवारी कन्सर्टका लागि चितवन आउँदै

बलिउडका चर्चित गायक एवं कम्पोजर अंकित तिवारी टिट्टै नै एक भब्य कन्सर्टका लागि नेपाल आउँने भएका छन् । अक्टोबर २१ मा चितवनको क्याम्पसचौरमा हुन लागिरहेको उक्त कन्सर्टमा अंकितले आफनो धमाका देखाउँने भएका छन् । ज्याजी इन्टरटेन्टमेन्ट र नविन उपाध्यायको आयोजनामा हुन लागिरहेको उक्त कन्सर्टमा अंकितले आफनो नयाँ एल्बमको प्रचारप्रसार पनि गर्ने भएका छन् ।

अंकितले जारी गरेको एक भिडियोमा नेपाल आउँन लागेको बताएका छन् । उनले उक्त कन्सर्टमा नेपाली चलचित्र ‘रोमियो’ को टिमले पनि साथ दिने उल्लेख गरेका छन् । हसन खानले निर्माण गरेको यो चलचित्र कात्तिक २४ गतेबाट रिलिज हुँदैछ । जहाँ सम्म अंकितको प्रश्न छ उनले बलिउडमा ‘तेरी गलिया’ ,’तु है के नही’ ,’सनम तेरी कसम’ जस्ता चर्चित गीतहरु दिईसकेका छन् ।

Check Also

‘बट्टारे कान्छा’ सारिकाको प्रेमजालमा

मेरी बाँस्सै’ तथा ‘खासखुस’ हाँस्य टेलीश्रृंखलाबाट ‘बट्टारे कान्छा’ नामले चिनिएका कलाकार सन्देश लामिछाने मोडल सारिका …