Tuesday , December 12 2017

शसस्त्र प्रहरी लुक्समा अनुप र शिल्पा-फिल्ममा कस्तो होला भूमिका ?

राज बहादुर साने निर्देशित फिल्म ‘बिराङ्गना’मा नायक अनुप विक्रम शाही र नायिका शिल्पा पोखरेलले पहिलो पटक संगै स्क्रिन सेयर गरेका छन्। यी दुई को फिल्म ‘बिराङ्गना’को हालै एक गीत छायांकन गरिएको छ। गीतमा नृत्य निर्देशक कविराज गहतराजले दुई सय भन्दा बढि शसस्त्र प्रहरी र १०० भन्दा बढि डान्सर कोरसको प्रयोग गर्दै ‘तिमी पुलिस म नि पुलिस सेमसेम छ ड्युटि’ बोलको गीत छायांकन गरेका छन्। गीतको छायांकन सँगै फिल्मको पूर्ण छायांकन पनि सकिएको छ। यस अघि निर्देशक राज बहादुर सानेले फिल्म ‘बृन्दावन’ निर्देशन गरेका थिए।

गीतको भिडियोमा नायक अनुप र नायिका शिल्पा दुबै प्रहरी भएको र प्रहरीकै पोशाकमा नाचेको देख्न सकिन्छ । दिपक शर्माको संगीत रहेको यो गीतको छायांकन शसस्त्र प्रहरी बल प्रधान कार्यालय, स्वयम्भुमा गरिएको हो। फिल्मको सम्पादन कार्य पनि धमाधम भईरहेको निर्देशक राज शहादुर सानेले बताएका छन्।फिल्ममा अनुप र शिल्पा संगै धिरेन शाक्य, पृथ्वीराज प्रसाई, प्रज्वल गिरि, प्रीया रिजाल, कृष्ण सिवाकोटी, देब तामङ, अमृत सापकोटा, अंशु थापालगायतको भुमिका रहेको छ। बाबुराम दास श्रेष्ठ, श्याम बहादुर थापा र रघु परियार फिल्मका निर्माता हुन्। सह निर्मातामा देब तामाङ र सुमि चाम्लिङ राई रहेका छन्।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …