Tuesday , January 23 2018

एकै मितिमा ‘अनुराग’ र ‘हिरो रिटर्न्स’, एलिजाले दिइन् सबिनलाई सुभकामना

लामो समयबाट रिलिज डेटको पर्खाईमा बसेको चलचित्र ‘हिरो रिटर्न्स’ को बल्ल डेट पक्का भएको छ । अब यो फिल्म आउदो बर्ष ०७५ को बैशाख २८ गते प्रदर्शनमा आउनेछ । यता यहि मितिमा छायांकनरत चलचित्र ‘अनुराग’ पनि प्रदर्शनमा आउदैछ । अनुराग संगै चलचित्र ‘हिरो रिटर्न्स’ पनि प्रदर्शनमा आउने भएपछि अनुराग नायिका तथा निर्मात्री एलिजा गौतमले हिरो रिटर्न्स नायक तथा निर्माता सबिन श्रेष्ठलाई सुभकामना दिएकी छिन् ।

चलचित्र हिरो रिटर्न्समा ‘हिरो’ बाट नेपाली सिने नगरिमा डेब्यु गरेकी नायिका रेखा थापा र नायक सबिन श्रेष्ठको मुख्य भुमिका रहेको छ । सबिन फिल्मसको ब्यानरबाट निर्मित कमेडि एक्सन जनरामा बनेको फिल्मलाई आशिष भेटवालले निर्देशन गरेका छन् भने सबिनकै लगानी रहेको छ । यता एरिका फिल्मस प्रोडक्सनको ब्यानरबाट निर्मित ‘अनुराग’लाई सत्यराज चौलागाईंले निर्देशन गरेका छन् ।

फिल्ममा पत्रकार ऋषि धमला पत्नी एलिजा गौतम र नव नायक समुन्द्र पण्डितको मुख्य भुमिकामा अभिनय रहेको छ । अनुरागको ६० प्रतिशत छायांकन सकिएको छ भने नायिका एलिजाको अस्वस्थताका कारण हाल छायांकन रोकिएको फिल्मको भोलि १० गतेबाट छायांकन सुरु हुनेछ । तय गरिएको रिलिज मितिमा ‘अनुराग’ अडिग भइ ‘हिरो रिटर्न्स’ संग जुध्ने हो कि आफू पछि सर्ने वा हिरो रिटर्न्सलाई पछि सार्न पहल थाल्ने हो । त्यो भने आगामी दिनले पक्कै बताउने छ ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …