Thursday , January 18 2018

snepal

आयुष्मानको जन्मदिन, प्रीयंकाले दिइन् यस्तो सरप्राईज

चलचित्र ‘चपली हाईट-२’ बाट चलचित्र क्षेत्रमा नायकको रुपमा डेब्यु गरेका नायक आयुष्मान देशराज जोशिले आफ्नो जन्मदिन मनाएका छन् । हिजो अर्थात पौष २ गतेबाट उनी २४ पूरा गर्दै २५ औं बर्षमा प्रबेश गरेका छन् ।आकर्षक फिगर र चकलेटी फेसका कारण आयुष्मान हजारौं युवतिमाझ लोकप्रिय छन् । उनको २५ औ बार्षिकोत्सब विशेष गरि मनाएका छन् । पछिल्लो समय नायिका प्रीयंका कार्की …

Read More »

‘मलाई सनी लियोनीसँग दाँज्नु गलत हो’- अदिती बुढाथोकी

भारतीय म्यूजिक भिडियो हुँदै युवा स्टार अनमोल केसी अभिनीत फिल्म ‘कृ’मा काम गरेकी नायिका अदिती बुढाथोकी नेपालभन्दा बढी भारतमा बसोबास गर्ने गर्छिन् । बलिउडमा इन्ट्री मार्ने तयारी गरिरहेकी अदितीको ‘कृ’ पहिलो नेपाली फिल्म हो ।केहीदिन अगाडि एउटा भारतीय मिडियाले अदितीलाई सनी लियोनीसँग दाँज्दै एक खबर प्रकाशन गरेको थियो । बलिउडमा जम्दै गरेका कारण अदिती भारतीय मिडियामा छाउनु अनौठो थिएन तर …

Read More »

बिकिनी गर्लहरु संग बिनयको मस्ती

प्रदर्शनको तयारिमा रहेको चलचित्र ‘रोमियो एण्ड मुना’को एक हट गीत सार्बजनिक भएको छ । ‘स्याण्ड्विच मि’ बोलको उक्त गीतमा फिल्मका नायक बिनय श्रेष्ठले झण्डै दर्जन बिकिनी गर्लहरु संग भरपुर मस्ती गरेका छन् । सार्बजनिक गीतमा अर्ल युआरएल एडगर को शब्द तथा स्वर रहेको छ । गौरब डगोअन्करको संगीत रहेको गीतकी भिडियोलाई प्रताप सिंहले कोरियोग्राफी गरेका छन् । भिडियोमा उज्वल सिंहको …

Read More »

बहु प्रतिक्षित ‘कृ’ ट्रेलर रिलिज, अनमोलको फरक लुक्समा एक्सन अवतार (ट्रेलर सहित)

बहु प्रतिक्षित बनेको अनमोल केसि स्टार चलचित्र ‘कृ’ को ट्रेलर रिलिज भएको छ । लभर र प्ले ब्वाइको रुपमा प्रस्तुत भैरहेका अनमोललाई कृ मा बिल्कुलै फरक लुक्स र एक्सन अवतारमा देख्न सकिन्छ । सुबास ईन्टरटेनमेन्ट र सुपर काजल फिल्म्सको प्रस्तुती रहेको फिल्म ‘कृ’को सार्बजनिक ट्रेलरमा अनमोलको एक्सन हावी देख्न सकिन्छ । धेरै सिनेप्रेमिहरुको प्रतीक्षाको फिल्म बनेको कृ मा अनमोल केसि …

Read More »

‘कृ’ अगाडि नै अनमोल केसि ‘क्याप्टेन’ घोषित

नेपालको स्टार लाईनको अग्रपंक्ति अर्थात पहिलो स्थानमा आउने नाम हो अनमोल केसि । उनी अभिनित फिल्म ‘ड्रीम्स’ हिट भएपछि उनको करियरले पनि निकै ठूलो स्थान पाउन सफल भयो । जस्ले गर्दा उनले नेपाली स्टार र महँगा नायकको दर्जा पाए । हाल फिल्म ‘कृ’का कारण चर्चामा रहेका उनले अर्को फिल्म पनि खेल्ने पक्कापक्की भएको छ । सदाबहार नायकको उपाधी पाएका अनमोल …

Read More »

चर्चित गीत ‘साईली’मा फिल्म बन्ने, गौरब र मेनुका नै मुख्य भुमिकामा

नेपाली साङितिक दुनियामा एक किसिमको तहल्का पिटेको ‘साईली’ गीतमा अब फिल्म पनि बन्ने भएको छ । देश देखि बिदेश सम्मका लाखौं नेपालिको मन छोएको र रोएको गीत हो साईली । यहि हिट गीतको बिषयबस्तुलाई मुख्य पाटो बनाएर आज एक कार्यक्रम गरि फिल्म ‘साईली’ निर्माणको औपचारिक घोषणा गरिएको छ । हेमन्त रानाको कर्णप्रीय आवाजमा रहेको गीतको भिडियोमा गौरब पहारी र मेनुका …

Read More »

बुद्धि संग रिसाईन बर्षा, के गर्दैछ भैरेले ?

नेपालको रमणीय स्थलहरुमा हरेक दिनजसो फिल्महरुको छायांकन भैरहेको हुन्छ । यस्तै हाल फिल्म ‘भैरे’को पनि धमाधम छायांकन हुदैछ । अप्पर मुस्ताङमा अवस्थित लोमाङथाङ भन्ने ठाउमा यो फिल्मको युनिट काम गरिरहेका छन् । यसैक्रममा फिल्मका मुख्य कलाकारहरुको केहि तस्बिरहरू केहिदिन अघि सार्बजनिक भएको छ । सार्बजनिक ३ तस्बिरमा बुद्धि तामाङ र बर्षा सिवाकोटी छन् भने फरक फरक मुडमा प्रस्तुत भएका छन् …

Read More »

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । निर्माता गोबिन्द शाहीले ‘लिलिबिलि’ ३० चैत्रमा ल्याउन लागिएको जानकारी दिए ।यतिबेला युकेको बिभिन्न स्थानमा छायाँकन भइरहेको चलचित्रमा प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की र अनुपविक्रम शाहीलगायतले अभिनय गरिरहेका छन् । युकेकै रमणिय स्थलमा छायाँकन भइरहेको बताइएको यो चलचित्रको अहिले ५५ प्रतिशत काम सकिएको छ । …

Read More »

ट्रेलरमा यस्तो छ आर्यन र प्रियंकाको ‘बटरफ्लाइ’

ओम प्रतिक गुरुङको निर्देशन रहेको चलचित्र हो ‘बटरफ्लाइ’ । नव अभिनेता आर्यन अधिकारी र प्रियंका कार्की अभिनित यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । सामाजिक संजाल मार्फत सार्वजनिक गरिएको ट्रेलरमा प्रेम, रोमान्स लगायतका दृश्य समेटिएका छन् ।आर्यन र प्रियंकाको अलवा अर्पण थापा, सुष्मा कार्की, रविन्द्र खड्का, सुरविर पन्डित, मोहन निरौला लगायतको अभिनय रहेको चलचित्रमा  अर्जुन पोखरेल, विकास चौधरी र दिपक …

Read More »

यस्तो छ ईकु, ऋचा र अर्पणको फिर्के

‘ईकु’को नामले चर्चित सुलेमान शंकरको प्रस्तुतीमा बनेको नेपाली चलचित्र ‘फिर्के’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।कमेडी जनरामा बनेको चलचित्रको ट्रेलर पनि कमेडी नै छ । गाउँदेखी शहर पसेको एक सिधा युवाको कथामा ‘फिर्के’ बनेको छ । पौष २१ गते रिलीज हुने ‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, …

Read More »