Tuesday , November 21 2017

चुनावबारे पुरै बेखबर : के भन्छन् यी ८ कलाकार

धेरै कलाकारले अहिलेसम्म भोट हालेका छैनन् । धेरैको मतदाता नामावलीमा नाम पनि छैन । आजको अन्नपूर्ण पोस्टमा  समाचार छ ।

अनुपविक्रम शाही
खै चुनाव भनेको त सुनेको हो । कस्तो चुनाव रु त्यो चाहिँ थाहा छैन । मैले आजसम्म भोट हालेको छैन ।

बेनिशा हमाल
अभिनेत्री बेनिशा हमालले निर्णय गरिसकेकी छिन् यसपालि चुनावमा भोट नहाल्ने । उनको गृह जिल्ला चितवन हो । उनी भन्छिन्, मलाई आफ्नो ठाउँबाट को उठदैछ भन्ने पनि थाहा छैन । चुनाव नेतालाई मात्र लाग्ने हो, हामी कलाकारलाई त फिल्म लाग्छ ।

पुष्कल खड्का
चुनाव आयो रे भन्छन् । के आयो, के आयो जस्तो लाग्छ । देशमा यतिका चुनाव भए, जनताले सुख पाए त रु विकास भयो त रु त्यसैले मलाई त चुनाव नौटंकी लाग्छ ।

सलिनमान बानियाँ
म पोलिटिक्समा खासै चासो राख्दिन । कहाँ के भइरहेको छमलाइ केही थाहा छैन ।

बर्षा शिवाकोटी

बर्षा शिवाकोटी सुटिङका लागि मंसीरदेखि माघसम्म उपत्यकाबाहिर हुन्छु । भोट हालेर पनि के नै हुन्छ र रु सबैजना भाषण्मा तात्तिन्छन् । काम गर्नुपर्यो भने पुरै सेलाउँछन् । के भोट हाल्नु  ?

दीपिका प्रसाईं
ऐश्वर्यकी नायिका दीपिका पनि चुनावबारे बेखबर छिन् । उनी भन्छिन् मलाई राजनीतिको क, ख ग पनि आउँदैन ।

मेनुका प्रधान
चुनाव हुँदैछ भन्ने सुनेकी छु । तर कस्तो चुनाव केही थाहा छैन ।

केकी अधिकारी
राजनीतिबारे खासै अभिरुचि नराखे पनि भोट हाल्नु नागरिकको दायित्व हो ।

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …