Tuesday , August 22 2017

बेसुरीलो आवाजले प्रख्यात ढिन्च्याक पुजा ‘बिग बोस ११’ मा जाने पक्का

बेसुरीलो आवाजको कारण निकै चर्चामा आएकी ढिनच्याक पुजा ‘बिग बोस’को सिजन ११ मा जाने पक्का भएको छ।यसअघि उनी ‘बिग बोस’मा जाने खबर आएपनि पछि त्यो हल्ला मात्र भन्ने खबर आएको केही समयमा पुजा अब ‘बिग बोस’को पाहुना हुने पक्का भएको भारतीय सञ्चारमाध्यम नवभारत टाइम्स अनलाइनले जनाएको छ।नवभारतमा आएको खबर अनुसार पुजाले ‘बिग बोस’मा जाने सबै प्रक्रिया पुरा गरिसकेकी छन्।

उनलाई अन्य प्रतियोगी भन्दा बढी रकम दिन ‘बिग बोस’ तयार भएको र पुजाले पनि डिलमा साइन गरिसकेको खबर छ।सुर न तालको आवाज भरेर युट्युबमा भिडियो राखेर पुजाले करोडौं कमाइरहेकी छन्। उनको प्रशंसक थोरै भएपनि लाखौंले उनले अपलोड गरेको गीतको भिडियो हेर्छन्।‘बिग बोस’मा पुजाले पनि आफ्नो केही गीत सुनाउनेछिन्। ‘बिग बोस’मा जानु अघि पुजा आफ्नो नयाँ गीत बनाउने तयारीमा रहेको खबरमा उल्लेख छ।

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …