Sunday , October 22 2017

‘ब्लाइन्ड रक्स’ हेर्दा रसाए दर्शकका आँखा

नेपालमा प्रदर्शन नहुँदै फिल्म ‘ब्लाइन्ड रक्स’को प्रदर्शन वेलायतमा गरिएको छ । बेलायतको एल्डरसुटस्थित प्रिन्सेस हलमा आयोजना भएको रेड कार्पेट प्रिमियरमा ६ सय दर्शक उपस्थित थिए ।उनीहरुले, फिल्म हेरिरहँदा धेरैका आँखा रसाए । विशेषगरि, फिल्मको कथावस्तुले उनीहरुको मन छोएको थियो । भक्तपुरकी दृष्टिबिहिनी श्रृष्टी केसीको जीवनीमा यो फिल्म निर्माण भएको छ ।

फिल्म हेरेपछि दर्शकले मुख्य अभिनेत्री वेनिशा हमालको प्रशंसा गरेको निर्देशक चाम्सले बताए । निर्माता निकेश लिम्बु, निर्देशक चाम्स, श्रृष्ट केसी र संचारकर्मी नरेश भट्टराइ प्रिमियरमा सहभागी थिए ।फिल्ममा वेनिशा हमाल, नाजिर हुसेन, अर्पण थापा लगायतका कलाकारको मुख्य भूमिका छ ।

 

Check Also

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् …