Sunday , January 21 2018

Events/Misc.

सानासाना सुन्दरीहरूले देखाए प्रतिभा

‘लिटिल स्टार २०१७’का प्रतियोगीले आफूमा रहेको प्रतिभा प्रस्तुत गरेका छन् । ट्यालेन्ट राउण्डअन्तर्गत उनीहरूले प्रतिभा प्रस्तुत गरेका हुन् ।अधिकांश प्रतियोगीले पप, आधुनिक र चलचित्रका गीतमा नृत्य गरे । केही प्रतियोगीले गायन, कविता लगायतका प्रतिभा प्रस्तुत गरेका थिए । ट्यालेन्ट राउण्डको जजका रुपमा गायक राजु महर्जन, मेकअप आर्टिस रश्मी श्रेष्ठ, नृत्य निर्देशक रोहन महर्जन, व्यवसायी अर्जुन श्रेष्ठ, चलचित्र निर्माता दीपक कपाली …

Read More »

फेसन शो’ जीवनशैली’लाई ५ मोडल छनोट

आरएनआर ग्रुपले आउँदो २२ सेप्टेम्बरमा पोखरामा भव्य फेसन शो आयोजना गर्दैछ । ‘जीवनशैली’ नाम दिइएको उक्त फेसन शोका लागि मोडलहरुलाई पहिलो अडिसन राजधानीमा गरिएको छ । राजधानीमा गरिएको अडिसनमा ५० जना व्यवसायिक मोडलले आवेदन दिएका थिए, जसमध्ये ५ जना छनोट भएका छन् । राजधानीको पहिलो चरणको अडिसनमा फोटोग्राफर राजभाई सुवाल, मोडल विपना थापा, पत्रकार डब्बु क्षेत्री, फ्लाईटेकका निर्देशक नाजिर हुसैनलगाययत …

Read More »

ज्योतिलाई लिटिल आइडलको उपाधि

बसुन्धरास्थित माउन्ट ग्लोरी स्कुलमा कक्षा सातमा अध्यायनरत ज्योती पाख्रिनले ‘क्विक्स मिस लिटिल आइडल २०१७’ को उपाधि चुमेकी छन् ।राजधानीमा आयोजित प्रतियोगितामा ज्योतीले ५४ प्रतिष्पर्धी पछि पार्दै उपाधि चुमेकी हुन् । बिजेताको रुपमा प्याब्सन काठमाडौंको तर्फबाट एक वर्षको छात्रवृति र ३० हजार रुपैयाँ नगद पुरस्कारको रुपमा हात पारेकी छन् ।प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टको संयुक्त आयोजनामा भएको प्रतियोगितामा मैजुबहालस्थित आइडियल हाइयर …

Read More »

अमृता र बिक्रमलाई मोडल हन्टको उपाधि

काठमाडौं बालुवाटारकी २१ वर्षीया अमृता अधिकारी र जनपुरका १८ वर्षीय बिक्रम आदित्य महासेठ ‘मोडल हन्ट नेपाल २०१७’को उपाधि चुम्न सफल भएका छन् ।अन्तिम प्रतिस्पर्धामा बिक्रमले पुरुषतर्फ र अमृताले महिलातर्फको उपाधि जितेकी हुन् । बिक्रमले ६५ र अमृताले ३५ प्रतियोगीलाई पछि पार्दै उपाधि बिजेता बनेका छन् । अमृताले मोष्ट फोटो जेनिक र सुपरमोडलको समेत उपाधि हासिल गरेकी छिन् । बिक्रमले सुपर …

Read More »

रुपा बनिन् पहिलो मिस हेरिटेज क्वीन

यूथ क्रिएसनद्धारा आयोजित मिस हेरिटेज २०१७ को ताज मकवानपुरकी रुपा लामाले जितेकी छन् ।बुधबार सम्पन्न काठमाडौंस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ग्रेण्ड फिनालीमा १४ प्रतिस्पर्धीलार्इ पछि पार्दै प्रतियोगिता नं। ८ का रूपाले उपाधि जित्न सफल भएको हो ।त्यस्तै गरि पुथ्वीनगर झापाका बन्दना लामा मोक्तान फस्टरनरअप भइन् भने काभ्रेका संगीता तामाङ र सरिता लामा दोङ सेकेन्ड र थर्ड रनरअपको उपाधि जितिन् ।मिस हेरिटेज …

Read More »

काठमाडौंमा मोडल हन्ट हुँदै

युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर र नेतृत्वदायी क्षमताको विकास लगायत उदेश्यले आयोजित सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०१७’को अन्तिमस्पर्धा शनिबार होटल सोल्टी क्राउन प्लाजा हुँदैछ ।प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए । कार्यक्रममा अभिनेत्री प्रियंका कार्की, सृजना रेग्मी, मिस नेपाल २०१७ अस्मी श्रेष्ठ शो टपरको रुपमा रहने छन्, । संगीतकार …

Read More »

मिस हेरिटेज ट्यालेन्ट शो सम्पन्न

यूथ क्रिएसनद्धारा आयोजित मिस हेरिटेज २०१७ को ट्यालेन्ट शो सम्पन भएको छ ।कार्यक्रमका प्रमुख अतिथि पर्यटन बोर्डका निर्देशक मनिराज लामिछानेले यस मिस हेरिटेजले आइतबार काठमाडौंस्थित पर्यटन बोर्डमा भएको शोमा १५ प्रतिस्पर्धीले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।भुकम्पले घर भत्केसँगै आमा गुमेपछि भोगेको मानसिक पीडालार्इ वास्तविकतामा अभिनय गरेर मञ्जु शाहले सबैको मन जितिन् । यसैगरी सहभागी रूपा लामाले राष्ट्रप्रेम झल्किने कविता …

Read More »

दुःखको प्रतिफल अवार्ड पाए -मोडल लिला गिरी

म्युजिक भिडियोमा लोकप्रिय भएकी मोडल लिला गिरी सफलताको शिखर चढ्दै छिन् । अघिल्लो साता धादिङमा सम्पन्न तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्डमा इन्करेजमेन्ट अवार्ड जित्न सफल भएकी गिरीले सयौं भिडियोमा अभिनय गरिसकेकी छिन् । पश्चिम नेपालको सुर्खेतकी मोडल लिला गिरीसँग अर्थ नेपाल डट कमले गरेका कुराकानीको सम्पादित अंश : केमा व्यस्त हुनुहुन्छ ? म्युजिक भिडियोहरुमा व्यस्त छु । कति वटा म्युजिक …

Read More »

टिभिएस जुपिटर मिस टिन कलेजको अडिसन सुरु

‘टिभिएस जुपीटर मिस टिन कलेज सिजन ५ ’ को पहिलो अडिसन आज सिजन मिडियाको कार्यालय कमलादीमा सम्पन भएको छ । अडिसनबाट १५ जना प्रतियोगीहरु छनौट भएका छन् भने दोस्रो चरणको अडिसन आगामी १६ गते शनिवार गर्ने संस्थाका इभेन्ट म्यानेजर रेजिना तुलाधरले जानकारी दिइन् । आजको अडिसनको निर्णायकमा चलचित्र डाइरेक्टर जनकदिप पराजुली सिम्रिक एयरका सिनियर एयर होस्टेस अस्मीता खनाल र मिस …

Read More »

सुचिना बनिन भिजन आइडल

भिजन टेलिभिजन नेपालगञ्जद्वारा आयोजित नेपाल आभूषण भण्डार भिजन टेलिभिजन एकल तिज नृत्य प्रतियोगिताको विजेता नेपालगञ्जकी सुचिना राना बन्न सफल भएकी छन् ।शुक्रबारदेखि सुरु भएको सो प्रतियोगितामा ५० भन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै सुचिना प्रथम बनेकी हुन् । प्रथम भएसँगै उनले नगद ५० हजार रुपैयाँ हात पारेकी छन् ।खजुराकी संप्रिया खड्का द्वितीय, मनिकापुरकी अञ्जु गुरुङले तृतीय तथा खजुराका समीक्षा थापा र …

Read More »