Tuesday , October 24 2017

Events/Misc.

सृष्टिलाई नेपाल्स नेक्स्ट सुपर मोडलको उपाधि

‘नेपाल्स नेक्स्ट सुपर मोडल–२०१७’को उपाधि सृष्टि तामाङले जितेकी छन् । राजधानीमा आयोजित प्रतियोगीतामा उनले २९ प्रतिपस्र्धीलाई पछि पार्दै ताज जितेकी हुन् । ताजसँगै उनले नगद तथा विभिन्न गिफ्ट ह्याम्पर समेत हात पारेकी छन् ।आरएनआर ग्रुपद्वारा आयोजिकत यस संस्करणमा दिव्या थापा फस्ट रनरअप र रिजिन तामाङ सेकेन्ड रनरअप भए । उनीहरुले पनि उपाधि सहित विभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरे । …

Read More »

भारतीय रियालिटी शोमा नेपालकी इशा

भारतीय टेलिभिजन च्यानल एम टीभीबाट प्रशारण हुँदै आएको रियालिटी शो स्प्लिटस्भिल्ला मा नेपाली मोडल इशा खड्का चौधरी चयन भएकी छिन् । देश बिदेशबाट भएको अडिसनमा हजारौं मध्यबाट उत्कृष्ट १५ मा परेकी उनी तीन सातादेखि सो प्रतियोगितामा छिन् । यो रियालिटी शोको दसौ श्रृङ्खला चलिरहँदा पहिलो पटक नेपाली चेली छनोट भएकी हुन् ।अभिनेत्री सन्नी लियोन र रणबिजयले सञ्चालन गर्दै आएको यो …

Read More »

अशु र दिवशलाई च्याम्प चितवनको उपाधि

बालबालिकासँग सम्बन्धित सौदर्य प्रतियोगीता  ‘च्याम्प चितवन २०७४’को उपाधि अशु श्रेष्ठ र दिवश सापकोटाले जितेका छन् । अशु बाँलिका तर्फ र दिवश बालक तर्फ बिजेता बनेका हुन् । अशुले प्रतियोगितामा पपुलर र ट्यालेन्ट विधाको अवार्ड पनि आफ्नो बनाउन सकिन् । ईप्लानेट प्रालिको सहकार्यमा होलिडेज् क्रियसन होमले आयोजना गरेको सो प्रतियोगितामा सिम्रन भुषाल र सुयोग उपाध्याय फस्ट रनर अप तथा आरजु गौतम र …

Read More »

शेर्पा मिस टिन गण्डकीको तेस्रो सस्करणको ताज गुरुङलाई

बाहिर पानी दर्किदा पोखराको सभागृह हल भने गुन्जयमान थियो । युवतीहरु आफनो शीरमा ताज पहि-याउन सबैलाई उछिन्ने योजनामा थिए। मिस टिन गण्डकी सिजन ३ को ताज पहिरिन विभिन्न उमेर समूहका युवतीहरुले शनिबार सभागृह हलको स्टेजमा -याम्प गर्दै आफनो प्रतिभा देखाए ।तर १३ जना प्रतिस्पर्धीलाई उछिन्दै शिक्षा गुरुङले ताज पहिरिन सफल भईन् । उनले ताजसँगै व्यक्तिगत पुरस्कार पनि थापिन् । उनले …

Read More »

मिसेस नेपाल आइकनको ताज वर्षालाई

बिबाहित महिलाहरुबिच राजधानीमा आईतबार सम्पन्न सौन्दर्य प्रतियोगितामा टियु अन्र्तगतको वातावरण विज्ञानमा अध्ययनरत तथा ५ वर्षदेखि संयुक्त अपाङ्ग अवास केन्द्रमा स्वयमसेवीको रुपमा कार्यरत भक्तपुर कौशलटारकी वर्षा कार्की मिसेस नेपाल आइकन २०१७ भएकी छिन् । एएनपी मिडिया हाउसद्धारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा अभिनेता सुनिल थापाले सोधेको निर्णायक प्रश्न यदि तपाई एक हप्ताको लागि यो देशको पहिलो महिला प्रधानमन्त्री बन्नु भयो भने …

Read More »

अन्तर्राष्ट्रिय पहिचान बनाउँदै अभिनेता सन्दीप

सन्दीप पोखरेल सन् २०१५ का मिष्टर नेपाल बिजेता हुन् । तीस बढी प्रतियोगीलाई पछि पार्दै उपाधि बिजेता बनेका उनको करियरको ढोका यसै प्रतियोगीताले खोल्यो ।प्रतियोगीताको शिर्ष बिजेता भएकै कारणले उनले अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘म्यान अफ द इयर २०१६’ नेपालको प्रतिनिधित्व गर्ने अवसर  समेत पाए । नेपालका बिभिन्न कलासंस्कृतिसहित प्रतियोगीतामा सहभागी उनले सो स्पर्धाबाट ‘म्यान अफ द इयर मोष्ट्रि र मेसोलोजी …

Read More »

टिन प्रिन्सेस नेपालकोमा भिड्दै १७ प्रतिस्पर्धी

किशोरीहरुका लागि आयोजना हुँदै आएको ‘टिन प्रिन्सेस नेपाल’को अन्तिम प्रतिस्पर्धामा यसपटक १७ किशोरी भिड्ने भएका छन् । र्याम्प जोन इन्टरट्रेनमेन्ट प्रालिद्धारा आयोजित यो प्रतियोगीताको अन्तिम प्रतिस्पर्धीको रुपमा पुजा तामाङ, सुनैना चौधरी, सृष्टी पोखरेल, सुम्निमा कार्की, रेनु सेन्चुरी, अर्पणा खतिवडा, पर्सिस राई, प्रिया खड्का, दिक्षा अधिकारी छन् । यस्तै समिता शाही, निरुता रोका, प्रसँसा ताम्राकार, रुविशा श्रेष्ठ, मनिषा थापामगर, सजिना खनाल, दीपा …

Read More »

टुडिखेलमा ‘वन डे ट्यालेन्ट हन्ट’ हुने

राजधानीको टुडिखेलमा ‘वन डे ट्यालेन्ट हन्ट’ हुने भएको छ । क्लासिक ईभेन्ट र सेलिब्रेटी म्यानेजमेन्टको सहकार्यमा ‘वन डे ट्यालेन्ट हन्ट’को पहिलो संस्करण हुने भएको हो। मंगलबार राजधानीमा पत्रकार सम्मेलन गराएर सो कार्यक्रमको घोषणा गरिएको छ । आगामी अगस्ट १९ तारिकका दिन टुडिखेलमा सम्पन्न गर्न लागिएको आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा जो सुकै जसमा कुनै पनि प्रतिभा लुकेर रहेको छ …

Read More »

‘नाइलनको सारी’ चोरीको आरोप लागेपछि दीपकराजले के भने ?

कलाकार दीपकराज गिरीले फिल्म ‘छक्का पञ्जा २’ को गीत ‘नाइलनको सारी’ चोरी गरेको भन्ने आरोपको खण्डन गरेका छन् ।उनले ‘नाइलनको सारी’ चोरिएको नभइ वास्तविक सर्जकलाई गायक अल्मोडाले आफ्नो सामु नल्याएको कुरा सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका हुन् ।नाइलनको साडीका वास्तविक सर्जक पत्ता लाग्ने वित्तिकै उनलाई क्रेडिट दिएको दीपकले उल्लेख गरेका छन् । नाइलनको साडीमाको संगीतकारमा प्रिन्स नेपाली र स्व.कान्छा मगर नेपालीको …

Read More »

मिष्टर एण्ड मिस काठमाडौं हुने

एक्सपोज नेपालले सन् २००७ देखि नियमित आयोजना गर्दै आएको सौन्दर्य प्रतियोगिता ‘मिष्टर एण्ड मिस काठमाडौ’ले यस वर्ष पनि निरन्तरता पाउने भएको छ ।एक्सपोजले दुबै प्रतियोगिताका लागि एकसाथ आवेदन खुल्ला गरेको छ । सुन्दरता नाप्ने परम्परागत शैलीलाई आधुनिकतामा ढाल्दै प्रतियोगिता आयोजना गर्दै आएको एक्सपोजको यो प्रतियोगितामध्य ‘मिष्टर काठमाडौ’मा १६ देखि २९ वर्षसम्म उमेरका युवक र ‘मिस काठमाडौ’मा १६ वर्षदेखि २८ वर्षसम्मका …

Read More »