Sunday , January 21 2018

Nepali Music News

जंगलभित्र ज्योतीको जवानी र रेस्लरको हानाहान

शनिबार जंगल फेस्टिभलको अन्तिम दिन । बिदाको दिन परेकोले जंगल भित्र उसै पनि दर्शक निकै बाक्लो आउने निश्चित थियो । त्यसैमाथि जंगलभित्र गायिका ज्योती मगरको प्रस्तुती र नेपाल भर्सेज भारतको घम्साघम्सी रेस्लिङ हुने भएपछि बालबालिका, तन्नेरी देखि वृद्धवृद्धासम्म जंगलमा ओईरिएका थिए ।छोटो मिनीस्कर्टमाथि ज्याकेट लाएर स्टेज उक्लिएकी ज्योती मगरलाई देख्ने बित्तिकै जंगलभित्र एकाएक कोलाहल मच्चियो । ज्योती पनि के कम …

Read More »

र्‍याफटिङमै कन्सर्ट

त्रिशूलीमा र्‍याफटिङ नयाँ होइन, तैपनि शनिबार भने केही फरक भयो । नदीको मध्यभागमा र्‍याफटिङ गरिरहेकाहरूमाझ गायकगायिका पनि थिए । अनि आफ्नै किसिमको कन्सर्ट पनि भयो ।डुंगामै सानो चारपाटे मञ्च र साउन्ड सिस्टम जोडिएको थियो । गायकगायिकाले पालैपालो लोकप्रिय गीत गाए । गायक धीरज राई र विजय लामा तथा गायिका मनीषा पोखरेल लगायतले संगीतकै माध्यमबाट त्रिशूली नदीलाई प्रदूषणबाट मुक्त गर्न आग्रह …

Read More »

“नेपथ्य”हङकङमा होली मनाउँदै

फागुपूर्णिमाका दिन नेपथ्य हङकङको मञ्चमा उभिने भएको छ । त्यहाँस्थित इयोन लङ अडिटोरियममा ब्यान्डले नयाँ–पुराना नेपाली लोक–रक गीतहरू सुनाउनेछ । उक्त ब्यान्ड नेपालबाहिर सबैभन्दा बढीपटक प्रस्तुत भएको सहर यही हो । नेपथ्यले कन्सर्टको सुरुवात हालै सार्वजनिक गरेको ‘कुरूप अनुहार हो…’ मार्फत गर्ने विज्ञप्तिमा उल्लेख छ । तीसको दशकमा त्रिभुवन विश्वविद्यालयको विद्यार्थी छँदा आफूले तयार पारेको यो पुरानो गीत नेपथ्यको प्रस्तुतिमा पहिलो …

Read More »

राजेशपायल राईले नाइजेरिमा प्रस्तुति दिने

गायक राजेश पायल राईले अफ्रिकी मुलुक नाइजेरियामा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएका छन्। गैर आवासीय नेपाली संघ नाइजेरियाले नयाँ वर्षको अवसरमा लेगोसमा अप्रिल १ मा आयोजना गर्ने कार्यक्रममा उनी सहभागी हुने तय भएको संघका अन्तर्राष्ट्रिय समिति कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिए।संघले गत बर्ष लेगोसमा लोकप्रिय गायिका कोमल ओलिको प्रस्तुतिको सफल आयोजना गरेको थियो। संघका आइसिसी सदस्य चिरन्जिबी  रोकाले यस किसिमका कार्यक्रमले नेपाली …

Read More »

Suna Saili Song Lyrics – Hemant Rana

“Suna Saili” a song based on contemporary Nepali lifestyle has been released featuring Gaurav Pahari and Menuka Pradhan. and the song is sung by a versatile singer Hemant Rana. Music of this song is composed by Kali Prasad Baskota and Lyrics is written by Himal Saud & Kali Prasad Baskota. Indeed, the video of the song has been viewed by more …

Read More »

रामकृष्णको गीतमा पत्नी मोडल

‘भ्यालेन्टाइन डे’ अवसरमा रामकृष्ण ढकालले नयाँ भिडियो सार्वजनिक गरेका छन्। मंगलबार चावहिलस्थित एफक्युब हलमा ढकालले गाएको ‘शृंगारलाई पनि लाज लाग्ने, मदिरालाई मात लाग्ने’ गीत सार्वजनिक गरिएको हो। यो गीतमा दावा गुरुङले संगीत दिएका छन् भने शब्दरचना मनीष वशिष्टको हो। गीतको एरेन्ज सुमित विश्वकर्माले गरेका हुन्। गीतको भिडियोमा रामकृष्णपत्नी निलम शाह ढकालको मोडलिङ छ। उनलाई मोडल तथा नायक मन्चिन शाक्यले मोडलिङमा …

Read More »

पूर्णकला बिसीको ‘काली मनपरी’ (भिडियो)

नेपाली लोकदोहोरी क्षेत्रकी बहुचर्चित गायिका पूर्णकला बिसी र अर्का चर्चीत् गायक नेत्र भण्डारीको आवाजमा बहुप्रतिक्षित गीत ूकाली मनपरीूबजारमा आएको छ ।निकै पृथक र फरक यस गीतलाई लाखौ दर्शकको मन जित्नेमा बिस्वस्त छ ।सन्ध्या केसीको शब्द रहेको गीतमा लय पनि नेत्र भण्डारीले गरेका छन् । चर्चित मोडल बब्बु थापा र अर्की आसा लाग्दी मोडल सन्जना रानाको उत्कृष्ट अभिनयमा तयार भएको भिडियोको …

Read More »

हेमन्त रानाको ‘साइली’को म्यूजिक भिडियो सार्वजनिक

नेपाली संगित क्षेत्रका चर्चित गायक हेमन्त राणाको नयां आधुनिक गीत ‘साइली’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । कालिप्रसाद बाँस्कोटको संगित रहेको “सुन साइली साइली परदेशबाट म आउंला, सुन साइली चालिस कटेसी रमाउला” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सो गीतमा  कालिप्रसाद बाँस्कोटा र हिमाल साउदको शब्द रचना रहेको  ।विदेशी भूमीमा रगतको पसिना बगाउँदै श्रम गरी आफ्नो मातृभूमीलाई माया गर्नेलाखौं …

Read More »

तेरियालाई गृह जिल्लामा भव्य स्वागत

भारतीय टिभी च्यानलमा ‘झलक दिखला जा’को उपाधि प्राप्त गर्न सफल रुपन्देही रुद्रपुरकी तेरिया फौजामगरलाई मङ्गलबार गृह जिल्लामा भव्य स्वागत गरिएको छ ।तेरिया मगर फाउन्डेसनले बुटवलमा गरेको कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अघिकारी, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारीलगायतले उनको सम्मान गरेका हुन् । बुटवलको बागेश्वरी सङ्गीतालयमा नृत्य कक्षा सुरुवात गरेकी तेरियाले सन् २०१४ मा भारतीय च्यानल जी टिभीबाट प्रसारण हुने ‘डान्स …

Read More »

सुजनको तिमीविना

गायक सुजन रसाइलीको आवाजमा रहेको ‘तिमी बिना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।भिडियोमा वर्षा सिवाकोटी र सुजन रसाईली आफैले अभिनय गरेका छन् । गीतमा शब्द र संगीत कमल खत्री छ । भिडियोको निर्देशन विज्ञान राईले गरेका हुन् । निर्देशक राईले गीतले भ्यालेन्टाइन डेलाई लक्षित गरेको  बताए ।  

Read More »