Tuesday , January 23 2018

Nepali Music News

गायक दीपक पाठकको “आँखैमा हो राखौं कि”

गायक दीपक पाठकले ‘आँखैमा हो राखौं कि…’ गीत श्रोता माझ ल्याएका छन् । पहिलो एल्वम ‘म आकाश भएको हुन्छु’ बाट दर्शक–स्रोताको मन जित्न सफल दीपक पाठकको दोस्रो एल्वम स्टेप वानमा समावेश आँखैमा हो राखौं कि लिएर आएका हुन् । स्टेप वानमा रहेका गीत मध्ये ‘माकुरीले जाल बुने जसरी…’को भिडियो केही दिनअघि सार्वजनिक भएको थियो भने ‘आँखैमा हो राखौं कि…’को भिडियो …

Read More »

सृष्टिको मायामा सनम

गायक केबी पुनको स्वर रहेको कति मायाको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा राजकुमार बगरको शब्द र संगीत छ ।लोकप्रिय एंव चर्चित मोडल सनम कठायत र पछिल्लो समय म्युजिक भिडियोमा जम्दै गरेकी मोडल सृष्टि खड्काको अभिनय रहेको यस भिडियोमा दुई प्रेमिको मायालाई देखाइएको छ । जनक सिंहको निर्देशन रहेको भिडियोलाई उत्सव दाहालको छायांकन रहेको छ भने टेकेन्द्र शाहको …

Read More »

किन गरियाे नेपाल आइडल विरुद्ध मुद्धा दायर ?

अहिले निकै चर्चामा रहेकाे एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ विरुद्ध मुद्धा दायर भएको छ । साेमबार काठमाडाैं जिल्ला अदालतमा नेपाल अाइडल बिरूद्द मुद्दा दायर भएकाे छ।करार ऐन २०५६ को दफा ८७ को देहाय १ र २ मा टेकेर आइडल विरुद्ध अधिवक्ता यज्ञमणी न्यौपानेले मुद्धा दायर गरेका हुन् । अदालतले सो मुद्धाको पेशी बुधबारलाई तोकेको छ ।गत शुक्रबार आइडलका निर्णायकहरुले विशेषाधिकार प्रयोग …

Read More »

राजेश पायललाई रेखाको ‘आइ लभ यू’

अघिल्लो साता लोकप्रिय गायक राजेशपायल राई चर्चित रियालिटी शो नेपाल आइडलमा अतिथि निर्णायकका रुपमा पुगेका थिए। उनको प्रस्तुतिबाटै शोको सुरुवात भएको थियो।राजेशले त्यहाँ ‘तिमीलाई रोझे’बोलको गीत गाएका थिए। उनको त्यो प्रस्तुतिको सर्वत्र प्रशंसा भएको थियो। उनको प्रस्तुतिमात्रै राखेर ‘बेस्ट पर्फमेन्स टिल नाउ इन नेपाल’ शिर्षकमा अपलोड गरिएको भिडियो अहिले नेपालमा युट्युब ट्रेन्डिङको चार नम्बरमा छ। राजेशको प्रस्तुतिले अरुलाई त लोभ्याएको …

Read More »

चर्काे आलोचना भएपछि नेपाल आइडलले मुख खोल्यो, अब निःशुल्क भोटिङ

पहिला भोटिङ गर्न लगाएर अन्तिममा ‘राउण्ड फोर’बाट चारै प्रतियोगीलाई फाइनल राउण्डमा लैजाने जजको निर्णयपछि विवादमा परेको नेपाल आइडलले आगामी हप्ता फाइनल भोटिङ निःशुल्क गराउने तयारी गरेको छ ।नेपाल आइडलको टप फोरमा निशान भट्टराई, बुद्ध लामा, प्रताप दास र सागर आले पुगेका थिए । उनीहरुमध्ये तीन जनालाई ग्राण्ड फिनाले अर्थात फाइनल राउण्डमा लैजाने तयारी थियो र एकजना बाहिरिनुपर्ने थियो । यसका …

Read More »

डिजे वर्षाले पोखरामा गरिन् कमाल

नट्टी–नट्टी पुल पार्टीको पोखरा संस्करण सेदीस्थित इन्फिनिटी रिसोर्टमा सम्पन्न भएको छ । संस्करणमा काठमाडौं बालाजुकी डिजे वर्षाले पोखरेली दर्शकहरूलाई आफ्नो डिजेइङमा झुमाइन् ।काठमाडौंको वेभ डिजे एकेडेमीमा डिजेइङ सिकिरहेकी वर्षाले आफ्नो कला प्रस्तुत गर्दै पोखरेली क्राउडको ध्यान आफूतर्फ खिचिन् ।वर्षालाई पहिलो पटक ठूलो कार्यक्रममा डिजेइङ गर्ने अवसर प्रदान गरिएको थियो। किस्ट कलेजमा ए लेभल अध्ययनरत वर्षासँगै पहिलो पटक ठूलो कार्यक्रममा डिजेइङ …

Read More »

भद्रगोलकी रक्षा अदिपलाई देखेर किन मुस्कुराउदैछिन्

युवापुस्ताका ढुकढुकी बनेका अहिलेका चर्चित एवम् लोकप्रिय गायक सिएलएस सुनिल श्रेष्ठको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। युवापुस्ता माझ निकै नै प्रिय बनेका पप गायक सुनिलको ‘लजाएर मुस्कुराउने’ गीतको भिडियो हालै मात्र सार्वजनिक भएको हो ।सार्वजनिक गीतमा अहिलेका चर्चित मोडल एवम् कलाकार अदिप श्रेष्ठ र भद्रगोलकी चर्चित पात्र रक्षा श्रेष्ठ फिचरिङ रहेको यस गीतको क्यामेस्ट्री गज्जबको देखिएको छ। हेर्दा …

Read More »

आमा–छोराको रुपमा आए अनु र कुशाग्र

गीतकार अम्बिका गुरुङद्वारा रचित ‘हास भने…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका जुना प्रसाईंको स्वरको उक्त गीतमा संगीतकार प्रकाश लेप्चाको संगीत छ ।गीतकार गुरुङका एकल शब्दहरुको एल्बम ‘भावसागर’ मा समावेश उक्त गीतको म्युजिक भिडियोलाई भावसागर इन्टरटेन्मेन्ट एलएलसीले आफ्नो आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरेको छ । आमा र छोराबीचका ममतामयी प्रेममा आधारित उक्त म्युजिक भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका …

Read More »

रेश्माले ल्याइन् ‘जवानी मेरो फूलसरी चुम्न आउ है भमरा’

प्राय गायक गायिका एकै खालका गीत गाउन रुचाउँछन् । अन्य शैलीका गीत गाउन समस्या हुने कारणले पनि यसो गरेका हुन् । तर सबैखालको गीत गाउँन रुचाउछिन् गायिका रेश्मा केसी ।रेश्मा २०६७ बाट गायनमा सक्रिय छिन् । उनका अहिलेसम्म दर्जन बढी गीत रेकर्ड भएका छन् । उनका केही गीतले राम्रो चर्चा समेत पाएका छन् । उदाहरणको रुपमा ‘झुम्कावाली’ गीतलाई लिन सकिन्छ …

Read More »

विदेश जाने छुल्ठिमको दवाव मानेनन् गौरवले

गौरव पहारी र छुल्ठिम गुरुङद्वारा अभिनित ‘तिर्खा लाग्दा…’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गोविन्दमधुर आचार्यको स्वर रहेको गीतमा बालकलाकारको अभिनय विनयजंग योगीको छ ।पत्नीले पतिलाई दवावमा वैदेशिक रोजगारीका लागि जान गरेको आग्रहलाई नमानेर गाउँमै मिहिनेत गर्ने युवाको कथामा म्युजिक भिडियो बनेको छ । छुल्ठिमको आग्रहलाई नमानेका गौरवले अन्त्यमा गाउँमा मिहिनेत गरेर स्कुल स्थापना गरेर शिक्षाको ज्योति फैलाएको देखाइएको छ …

Read More »