Sunday , October 22 2017

‘छक्का पन्जा २’ को नयाँ गीतको सुटिङमा यस्ती देखिईन् प्रियंका

चलचित्र ‘छक्का पन्जा २’ को नयाँ गीतको सुटिङ आजबाट सुरु भएको छ । पहिलो गीत सार्वजनिक भईसकेको चलचित्रको ‘दोश्रो गीत’ को आजदेखी काठमाण्डौँको मुलपानीमा सुटिङ भएको हो ।सुदुर पश्चिमेली र टप्पा मिक्स भएको गीत पहिलाको चलचित्रको गीतभन्दा बिल्कुलै फरक शैलीको गीत भएको निर्माता दीपकराज गिरीको भनाई छ । गीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर रहेको छ भने किरण कडेँलको शब्द तथा संगीत रहेको छ ।

गीतको सुटिङका क्रममा पानीले धेरैबेर दुःख दिएपछि गीतको सुटिङ नै केहिबेरको लागि रोक्नुपरेको थियो । गीतको सुटिङको लागि चलचित्रको निर्माण टीमले ३ दिनको समय छुट्याएको छ तर मौषमको कारणले चलचित्रको सुटिङको समय लम्बिने देखिएको छ । गीतको भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने गीतलाई कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

Check Also

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् …