Tuesday , October 24 2017

‘छक्का पन्जा २’लाई मल्टिप्लेक्समा उच्च शो

चलचित्र ‘छक्का पन्जा २’ बुधबारबाट प्रदर्शनमा आउँदैछ । बिजया दशमीको अवसर पारेर यो चलचित्र बुधबारबाटै प्रदर्शनमा आउन लागेको हो ।
दीपाश्री निरौला निर्देशित र दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्र दर्शकको प्रतिक्षित चलचित्र पनि हो । चलचित्रले राम्रो ब्यवसाय गर्ने अपेक्षा निर्माण युनिटले गरेको छ । चलचित्रले काठमाडौमा अहिले सम्मकै उच्च सो पाउने भएको छ । काठमाडांैका मल्टिप्लेक्सले चलचित्रलाई अहिले सम्मकै उच्च शो दिएको बताइएको छ ।

क्यूएफएक्सले मात्र यो चलचित्रलाई  ४ वटा हलमा २६ शो दिएको छ । काठमाडौंको कुमारी, सिभिल र ललितपुरको लबिम मल लगायतले पनि चलचित्रलाई धेरै सो दिन निर्माण युनिटको दाबी छ ।काठमाडौको जय नेपाल हलले पनि चलचित्रका लागि राम्रो सो दिएको छ । काठमाडौं बाहिरका मल्टिप्लेक्समा पनि वुकिङ खुलेसँगै आक्रामक रुपमा टिकट भइरहेको जनाइएको छ । कमेडी शैलीमा निर्माण भएको यो चलचित्र ‘छक्का पन्जा’को सिक्वेलको रुपमा निर्माण भएको हो । १६ करोड कमाउन सफल चलचित्र छक्का पन्जाको यो सिक्वेलले पनि त्यो भन्दा बढी ब्यवसाय गर्ने अनुमान धेरैले गरेका छन् ।

Check Also

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् …