Thursday , January 18 2018

लगातार फ्लप – छुल्ठिम गुरुङ

नोभेम्बर रेनमा सहायक भूमिकामा सीमित थिइन्, छुल्ठिम गुरुङ । तर, निकै प्रशंसा कमाइन् । फिल्म हेर्ने जो कोहीले उनको भूमिका र चरित्रलाई सम्झिए । के सुर चलेछ कुन्नि, छुल्ठिमले एकाएक अभिनयबाट संन्यासको घोषणा गरिन् । एकाध वर्ष फिल्मवृत्तबाट अलप भइन् । भलै, उनी आफ्नो पूर्ववत् बोलीमा टिक्न सकिनन्, फेरि फिल्म खेलिन् डायरी । यस फिल्ममा उनको अभिनय मात्र थिएन, लगानी पनि थियो । दुर्भाग्य !

उनको दोहोरो भूमिका रहेको यस फिल्मले रिलिजको सुरुआतबाटै दर्शकको खडेरी खेप्नुपर्‍यो । डायरीपछि प्रदर्शन भएको मेरो पैसा खोइ ! को हालत अझ खराब रह्यो । तर, त्यसअगाडि नै नेप्टेमा अनुबन्ध भएकाले फिल्मको सुक्खा लागेन । भलै, यो फिल्म कहिले हलसम्म आइपुग्ने हो, पत्तो छैन । तर, चिन्ताचाहिँ अहिलेबाटै । दुई फिल्म लगातार फ्लप भएको पीडा जो छ ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …