Monday , August 21 2017

के दया र प्रियंका अलग भएका हुन् ?

अभिनेत्री प्रियंका कार्की अहिले अमेरिकामा छिन् । उनी अमेरिका गएको एक महिना भन्दा लामो समय भैसकेको छ । यस भन्दा अगाडि विदेश भ्रमणको समयमा प्रियंकाले सामाजिक संजालमा अभिनेता दयाहाङ राइलाई मिस गरेको भन्दै थुप्रै तस्बिर पोष्ट गर्ने गरेकी थिइन् ।

तर, यसपटक दयालाई लिएर कार्कीमा कुनै त्यस्तो छटपटी देखिएको छैन । हुनत, अभिनेता आयुष्मान देशराज जोशीसँगको प्रेममा परेपछि नै कार्की दयासँग टाढा देखिएकी थिइन् । यी दुइ अहिले एकसाथ देखिन पनि छाडेका छन् ।कुनै समय एकसाथ फिल्म निर्माण स्टूडियो खोल्ने समेत योजना बनाएका दया र प्रियंका अहिले यो योजनालाई पनि स्थगित गरेर बसेका छन् । फिल्म क्षेत्रमा अहिले दया र प्रियंकाको सम्बन्ध चिसिएको चर्चा हुन थालेको छ ।

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …