Tuesday , January 23 2018

अर्केको प्रेममा प्रियंका, दयाहाङ भन्छन् “सिधै सिन्दुर हाल्छु”

मिलन चाम्सद्वारा निर्देशित चलचित्र ‘ह्याप्पी डेज’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा एक्सन, लभ तथा ड्रामाको स्वाद पस्किएको छ । ट्रयाङगल लभस्टोरीमा आधारित यस चलचित्रमा प्रियंका कार्की, नायक सञ्जय गुप्ताको प्रेममा छिन् भने दयाहाङ राई, प्रियंकालाई एक्तर्फी माया गर्ने पात्रकोरुपमा देखिएका छन् ।

माघ १२ गतेबाट रिलिज हुन लागिरहेको रोमान्टिक ड्रामा मिश्रित यस चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, सञ्जय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स लगायतका कलाकारहरुको अभिनय छ ।

वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता रहेको यस चलचित्रको छायांकन लन्डनका अलावा नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशहरुमा गरिएको छ ।२ करोड ५० लाखमा निर्माण गरिएको ‘ह्याप्पी डेज’लाई मा पैसा कमाउन बेलायत पुगेको एक नेपाली युवकको बैधानिक बसोबासका लागि गर्ने संघर्षको कथालाई उठान गरिएको छ ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …