Tuesday , October 24 2017

सौगात मल्ल पनि दयाहाङ कै पथमा

पछिल्लो समय नयाँ पुस्ताका नायकहरुको बोलवालासंगै दयाहाङ राई र सौगात मल्ल जस्ता नायकहरुको क्रेज पनि कम छैन् ।यतिबेला उनीहरुका नयाँ चलचित्रहरु एकपछि अर्को गर्दे आईरहेका छन् । यस्तै क्रेज आर्यन सिग्देल , बिराज भट्ट र निखिल उप्रेती जस्ता नायकहरुको पनि थियो तर उनीहरुले क्वालिटीमा भन्दा बढि क्वान्टिीमा ध्यान दिनाले बिस्तारै उनीहरुको क्रेज धमिलियो ।

त्यसो त दयाहाङलाई पनि यही आरोप लागिसकेको छ की उनी धेरै भन्दा धेरै चलचित्रमा काम गरिरहेका छन् । जस्ले गर्दा उनको क्रेज कम हुन सक्ने अनुमान लगाईएको छ । त्यसो त सौगात मल्ल पनि दयाहाङ कै पथमा हिडिरहेका छन् । आफनो अभिनयले सबैको मन जितेका सौगातको नयाँ चलचित्रहरुको टे«लर र गीतहरु एकपछि अर्को गर्दे आईरहेका छन्।

यसरी एक दुई महिनापनि नबित्दै उनका चलचित्रहरु रिलिज हुन थालेपछि दर्शकहरुमा उनको पनि क्रेज कम हुने निश्च्ति छ । हुनत कलाकारहरु व्यस्त भएको नै राम्रो हो तर धेरै चलचित्र खेल्ने बाहनामा कतै सौगातले पनि आर्यन , बिराज र निखिलको जस्तै हविगत भोग्नु पर्ने त होईन ????

Check Also

‘बट्टारे कान्छा’ सारिकाको प्रेमजालमा

मेरी बाँस्सै’ तथा ‘खासखुस’ हाँस्य टेलीश्रृंखलाबाट ‘बट्टारे कान्छा’ नामले चिनिएका कलाकार सन्देश लामिछाने मोडल सारिका …