Tuesday , October 24 2017

ट्रेलरमा आयो दयाहाङको ‘तान्द्रो’

अन्तराष्ट्रिय चलचित्र महोत्सवमा सहभागीता जनाउदै आएको चलचित्र ‘तान्द्रो’ नेपाल प्रदर्शनको लागि बल्ल तातेको छ । निर्माण युनिटले आइतबार राजधानीमा एक कार्यक्रम गर्दै प्रचार प्रसारका लागि तयार पारिएको ट्रेलर सार्वजनिक गरेको छ । दशैंको अवसर पारेर सार्वजनिक गरिएको ट्रेलरमा तात्कालिन माओवादी युद्धकालमा घटेका घटनालाई झल्काउने प्रयास गरिएको छ । ‘तान्द्रो’मा दयाहाङ राईको मुख्य भूमिका छ ।वि.सं २०६० साल चैत २८ गते लमजुङको छैलुङ गाउँमा तात्कालिन माआवादीको साँस्कृतिक टोलीलाई राज्य पक्षबाट खटिएका सुरक्षा फौजले आक्रमण गरेको थियो । उक्त टोलीलाई नेतृत्व गरिरहेका गंगाबहादुर लामा उर्फ कोशिशलाई सुरक्षा फौजले घुँडामा गोली हानेपछि उनले पाँच दिनसम्म पाएको पिडालाई ‘तान्द्रो’ मा मुख्य रुपमा उतार्न खोजिएको कार्यक्रममा जानकारी दिइयो ।
अभिनेता दयाहाङले चलचित्रमा कोशिशको भूमिका निर्बाह गरेका छन् ।

कार्यक्रममा चलचित्र युनिटले प्रदर्शन मिति समेत घोषणा गरे ।२४ कात्तिकबाट प्रदर्शनमा आउने चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, कुमार महर्जनको द्वन्द्व, आधा सुरको संगीत, उपेन्द्र सुब्बाको कथा, रामबाबु गुरुङको संवाद रहेकोछ । चलचित्रका निर्माता शतिस कुमार गौतम हुन् ।दयाहाङका अलावा रामबाबु गुरुङ, सरस्वती चौधरी, राजन खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल, मणीराम पोखरेल लगायतका कलाकारहरुको चलचित्रमा अभिनय देख्न सकिन्छ ।

Check Also

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् …