Tuesday , November 21 2017

दीपालाई बोक्न माहिर ‘माग्ने बुढा’

आखिर, किन घरी घरी हाँस्य कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई अर्का हाँस्य कलाकार केदार घिमिरे बोक्न रहर गर्छन् । गतबर्ष पनि माग्नेले दीपालाई बोकेका थिए । यो बर्ष पनि उनले दीपालाई बोकेर स्टेज पछाडि लगे ।मंगलबार गाइजात्राको अवसर पारेर आयोजित एक कार्यक्रममा पनि केदारले दीपालाई जुरुक्कै बोके ।

दर्शकसँगै फिल्म ‘छक्का पन्जा २’को बारेमा अन्र्तक्रिया गरिसकेपछि दीपालाई केदारले बोकेका हुन् ।फिल्म प्रचारका लागि माहिर मानिएका हाँस्य कलाकारहरुको फन्डा मध्ये एक मानिन्छ, माग्नेले दीपालाई बोक्ने । फिल्ममा अभिनय र निर्माणमा एकसाथ लागेपछि दीपकराज गिरी, दीपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरे नजिक देखिएका छन् । असोज ११ गतेबाट फिल्म रिलिज हुँदैछ ।

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …