Thursday , February 22 2018

धुम २ को “दिल बिचरा” गित सार्वजनिक

मनोरञ्जनको १००% ग्यारेन्टी को साथमा यहि भाद्र ८ नेपाली नारीहरुको महान चाड हरितालिका तिज को अवसर मा अल नेपाल रिलिज हुन गैरहेको नायक जय किसान बस्नेत को चलचित्र धुम २ को “दिल बिचरा” गित सार्वजनिक भएको छ । नवनायिका सिर्जना भट्टराईको एक इशाराले कलाकार जय किशन बस्नेतको दिल बिचरा भएको कहानी गीतमा प्रस्तुत गरिएको छ ।

यस गीतमा स्वर टंक बुढाथोकी र संगीता तिमल्सिनाको रहेको छ भने शब्द दिनेश सुबेदी र संगीत टंक बुढाथोकी कै रहेको छ ।चलचित्र धुम २ मा जय किशन बस्नेत, सिर्जना भट्टराई, रोहित रुम्बा, संजोग कोइराला, महिमा सिलवाल, शोभित बस्नेत लगायतका कलाकारले अभिनय गरेका छन् ।

Check Also

अमृत र संगीताको यस्तो छ ‘मग मग’

भ्यालेन्टाइन डे लाई लक्षित गर्दै गायक अमृत छेत्रीले आफ्नो स्वरमा सजिएको गीत ‘मग मग’ लिएर …