Sunday , October 22 2017

इन्डोनेशियाको ‘म्यान अफ द इयर’मा नेपाली ध्रुव

इन्डोनेशियामा १० देखि १९ अगष्टसम्म आयोजना हुने  पुरुषहरुको सौन्दर्य प्रतियोगीता ‘म्यान अफ द इयर २०१७’ मा नेपालको प्रतिनिधित्व ध्रुव बुढाथोकीले गर्ने भएका छन् ।एमएएलवाइयु फाउन्डेसनले आयोजना गर्न लागेको प्रतियोगितामा नेपालसहित भेनेजुएला, नेदरल्याण्ड, ब्राजिल, मेक्सीको, हंगेरी लगायत २० राष्ट्रका युवाहरुको सहभागिता रहनेछ । ‘मिष्टर नेपाल २०१७’का फष्ट रनरअप बिजेता बुढाथोकी बुधबार प्रतियोगिताका लागि इन्डोनेशिया जाँदैछन् ।

अवतार इन्टरनेशनलले उनलाई प्रतियोगितामा पठाउन लागेको हो । ६ फिट हाइट र आकर्षक शरीरका धनी बुढाथोकी फिटनेश मोडल पनि हुन् । म्यान्ली, मस्कुलाइन, मोर्डन, मास्टर्ली र माइन फूल शीर्षकका ५ सबटाइटलसमेत प्रतियोगितामा रहेको अवतार इन्टरनेशनलका सिइयो सन्दीप पोखरेलले बताए ।
नेपाली पहिरन र भेषभुषा र कलासंस्कृतीसहित प्रतियोगीतामा आफुले सहभागीता जनाउन लागेको बुढाथोकीले बताए । प्रतियोगिताको अफिसियल कोरियोग्राफर रोजिन शाक्य रहेका छन् ।बुढाथोकीको प्रतियोगीतामा सहभागिताले नेपालको युवालाई बिभिन्न अन्तर्राष्ट्रिय प्रतियोगतिाको ढोका खेल्ने अवतार इन्टरनेशनलका म्यानेजिङ डाइरेक्टर सुरज चिलवालले बताए ।

Check Also

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् …