Friday , February 23 2018

गायक दीपक पाठकको “आँखैमा हो राखौं कि”

गायक दीपक पाठकले ‘आँखैमा हो राखौं कि…’ गीत श्रोता माझ ल्याएका छन् । पहिलो एल्वम ‘म आकाश भएको हुन्छु’ बाट दर्शक–स्रोताको मन जित्न सफल दीपक पाठकको दोस्रो एल्वम स्टेप वानमा समावेश आँखैमा हो राखौं कि लिएर आएका हुन् । स्टेप वानमा रहेका गीत मध्ये ‘माकुरीले जाल बुने जसरी…’को भिडियो केही दिनअघि सार्वजनिक भएको थियो भने ‘आँखैमा हो राखौं कि…’को भिडियो हालै सार्वजनिक भएको हो । ‘आँखैमा हो राखौं कि…’ गीतमा शब्द र सङ्गीत पनि दीपक पाठककै छ । गीतमा सङ्गीत संयोजन चन्दु गोर्खालीको छ ।

‘आँखैमा हो राखौं कि…’को भिडियोमा पुष्प खड्का र वर्षा सिवाकोटीको अभिनय छ । राम श्रेष्ठ र निरज कँडेलले खिचेको यो गीतको भिडियोमा दिपक सिंहको कोरियोग्राफी छ । अनिल कुमार महर्जनले सम्पादन गरको यो भिडियोलाई सुमन घिमिरेले निर्देशन गरेका छन् ।विगत २५ वर्ष देखि नेपाली साङ्गीतिक क्षेत्रमा रहेका दीपकले थुप्रै कलेक्नस एल्वमहरुमा स्वर दिएका छन् भने चलचित्र गीत पनि गाएका छन् ।

Check Also

अमृत र संगीताको यस्तो छ ‘मग मग’

भ्यालेन्टाइन डे लाई लक्षित गर्दै गायक अमृत छेत्रीले आफ्नो स्वरमा सजिएको गीत ‘मग मग’ लिएर …