Friday , February 23 2018

‘फाटेको जुत्ता २’ निर्माणको घोषणा : सौगात दोहोरिने, प्रियंका आउट

प्रदर्शनरत चलचित्र फाटेको जुत्ताको सिक्वेल ‘फाटेको जुत्ता २’ निर्माण हुने भएको छ। बिहीबार काठमाडौंमा आयोजित ‘फाटेको जुत्ताको’ सफलता सेलिब्रेसन कार्यक्रममा सिक्वेल निर्माणको जानकारी दिइएको हो।सौगात मल्लको मुख्य भूमिका रहने ‘फाटेको जुत्ता २’मा सौगातसंगै फाटेको जुत्तामा अभिनय गर्ने सम्पूर्ण कलाकारको अभिनय रहने निर्माता अर्जुन कुमारले जानकारी दिए ।

कुमारले भने ‘फाटेको जुत्ता’मा अभिनय गर्ने प्राय: सबै कलाकारहरुले नै ‘फाटेको जुत्ता २’ मा अभिनय गर्नुहुनेछ। तर नायिकाको टंगो भने हामी चाँडै लगाउने छौ।’निकेश खड्का कै निर्देशनमा बन्ने ‘फाटेको जुत्ता २’ नायिका प्रियंका कार्कीको भने अभिनय भने हुनेछैन । कार्यक्रममा ‘फाटेको जुत्ता’ले एक हप्तामा २ करोड कलेक्सन गरेको जानकारी दिइयो ।

Check Also

अमृत र संगीताको यस्तो छ ‘मग मग’

भ्यालेन्टाइन डे लाई लक्षित गर्दै गायक अमृत छेत्रीले आफ्नो स्वरमा सजिएको गीत ‘मग मग’ लिएर …