Thursday , January 18 2018

साउथ एसिया वृत्तचित्र महोत्सव हुँदै

फिल्म साउथ एसिया २०१७ वृत्तचित्र महोत्सवका ११ औं संस्करण कार्तिक १६ गते बिहिबारदेखि पाटन ढोकास्थित यलमाया केन्द«मा शुरु हुँदैछ । महोत्सव चार दिनसम्म चल्नेछ ।
महात्तसवमा सन् २०१५ यता बनेका दक्षिण एशियाको समसामयिक विषयहरुमा केन्द्रित ३०० सयभन्दा बढि वृत्तचित्रहरुमध्येबाट छानिएका उत्कृष्ट ६३ वृत्तचित्रहरु प्रदर्शन गरिनेछ ।
सन् १९९७ मा शुरु भएको यो द्विवार्षिक मेलाले परिवर्तनकारी सोचलाई प्रवर्धन गर्ने, मनोरंजन गर्ने र सुसूचित गर्ने दक्षिण एशियाली विषयका वृतचित्रहरु विगत १० वर्षदेखि गर्दै आएको छ ।

यो वर्ष प्रदर्शन हुने ६३ मध्ये ४५ वटा वृत्तचित्रहरुले कूल ५,५०० अमेरिकी डलर पुरस्कार राशी भएका पाँचवटा पुरस्कारकालागि प्रतिस्पर्धा गर्नेछन् ।  कुन्द दीक्षित संयोजक र पाकिस्तानी सिनेमाकर्मी फरजाद नावी र भारतीय पत्रकार राजश्री देशगुप्ता सदस्य रहेको निर्णायक समितिले उत्कृष्ट वृत्तचित्रहरु छान्नेछ ।‘फिल्म साउथ एशिया २०१७’ मा समावेश ‘विद्यार्थी वृत्तचित्रहरु’मा भावी सिनेमाकर्मीहरुको ६ वटा वृत्तचित्र प्रदर्शन गरिने छ । ‘विद्रोहका वृत्तचित्र’ खण्डमा दक्षिण एशियाली देशमा प्रतिबन्दित वा विद्रोहसँग सम्बन्धित १२ वटा वृत्तचित्रहरु प्रदर्शन गरिनेछ ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …