Tuesday , January 23 2018

‘गाँजाबाजा’ को रिलिज डेट फाइनल, ‘ह्याप्पी ह्याप्पी मुड’मा कलाकार

फिल्म ‘गाँजाबाजा’ले प्रदर्शन मिति तोक्दै गीत सार्वजनिक गरेको छ । छायाँकन सकिएको लामो समयसम्म पनि रिलिज हुन् नपाएको यो फिल्म अब यहि वर्षको फागुन २५ बाट दर्शकमाझ रिलिजमा आउने भएको छ ।अहिले यसै फिल्मको ‘ह्याप्पी ह्याप्पी मुड’ बोलको गीत पनि निर्माण पक्षले रिलिज गरेको छ । यो गीत चल्तीमा रहेका गीत भन्दा फरक छ । निख एण्ड जटाको संगीत रहेको गीतमा जटावेदा बेनर्जीको स्वर छ ।

फिल्ममा अनुपम शर्मा, सुशील सिटौला, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय छ ।डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो । गणेशदेव पाण्डेको लेखन तथा निर्देशन रहेको यो फिल्म विकासबोर्डको सेन्सर झमेलामा २ वर्ष देखि फसेको थियो ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …