Tuesday , October 17 2017

मोफसल दौडाहामा ग्याङ्गस्टार टिम, पोखरामा देखियो सबैभन्दा बढी क्रेज

२ भदौबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ग्याङ्गस्टार ब्लूज’ टिम मोफसल प्रचारमा जुटेको छ । निर्माण युनिट, कलाकार सांगीतिक टोली सहित मोफसलका मुख्य शहर पोखरा, बुटवल, चितवन र हेटौंडा लगायतका ठाउँको प्रचार कार्यक्रममा निस्किएको हो । शनिबार र आईतबार पोखराका विभिन्न ठाउँमा ‘स्ट्रिट कन्सर्ट’ सहित प्रचारात्मक कार्यक्रम गरेको टोलीमा संगीतकार तथा गायक कालिप्रसाद बाँस्कोटा, गायिका वाणिमा प्रधान लगायतको समेत सहभागीता रहेको छ । कलाकार तर्फ भने आशिरमान देशराज जोशी, संयम पुरी, अभिनेत्री द्वय आना शर्मा र रोजिशा शाही पनि सहभागी छन् ।

प्रचारका क्रममा पोखरमा अभिनेता देशराजको सेल्फीमा रहाउनेदेखि गालामा किस गर्ने अनि अटोग्राफ लिने सम्मका दर्शक भेटियो । लामो समयपछि दर्शकमाझ नजिकबाट पुगेका ‘सायद’ अभिनेता संयम पुरीको क्रेज पनि पोखरेली माँझ उस्तै देखियो भने ‘जेरी’ पछि यसै चलचित्रबाट पुनरागमन गरेकी अभिनेत्री आना पनि कार्यक्रममा दर्शकबाट घेरिएकी थिइन् । टोलीले आज र भोलि अर्थात सोमबार र मंगलबार बुटवलमा कार्यक्रम गर्नेछ । कार्यक्रममा चलचित्रका निर्देशक हेमराज बिसीले पोखरेली दर्शकले दिएको माया र सद्भावलाई भदौ २ मा रिलिज चलचित्रले न्याय गर्ने बताए । निर्माता सरोज न्यौपानेले पोखरेली दर्शकले चलचित्र प्रति देखाएको उत्सुकता अनि चासो तथा लिड अभिनेता अभिनेत्री प्रतिको क्रेजले सफलताको संकेत मिलेको बताए ।

Check Also

‘यता पनि छैन उता पनि छैन’मा निखिलले सारासँग मर्काए कम्मर

अभिनेता निखिल उप्रेतीले पहिलो पटक गीतमा कम्मर मर्काएका छन् । ‘पिंजडा व्याक अगेन’ चलचित्रको ‘यता …