Tuesday , August 22 2017

शालीन नायिका गरिमा पन्तको बबाल पहिरन

नेपाली चलचित्र उद्योगमा शालीन अनि सुन्दरी नायिकाको रूपमा चर्चा पाएकी नायिका गरिमा पन्त यतिखेर गुमनाम जस्तो बनेकी छन् । नायिका पन्त बेल्जियम बस्न थालेको झन्डै १ वर्ष भन्दा बढी भइसकेको छ । चलचित्र ‘झोला’ को नाम तथा चर्चा पछि थप नयाँ चलचित्रमा व्यस्त हुनुको सट्टा बेल्जियमका धनाढ्य हरि शर्मासँग विवाह गरेपछि चलचित्र क्षेत्रबाट गुमनाम बनेकी हुन् ।गरिमा हरि शर्माकी दोस्रो श्रीमती हुन् ।  बेल्जियममा गरिमाले हरि शर्मासँग विवाह गरेको खबर बाहिर आउँदा उनका प्रशंसकहरू एकपटक दंगै परेका थिए तर, फिल्म करिअर ओरालो लाग्न थालेपछि सायद गरिमाले यसको विकल्प भेटिनन् । उनी अभिनित फिल्म ‘तीन घुम्ती’ गएको वर्ष रिलिज भएको थियो । ‘तीन घुम्ती’ ले खासै सफलता भने पाउँन सकेको थिएन । कृष्ण धारावासीको चर्चित पुस्तक ‘झोला’ आधारित भएर निर्माण भएको फिल्म ‘झोला’ बाट राष्ट्रिय अवार्डसहित सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्डसमेत जितेकी थिइन् ।

गरिमाले विवाहपछि पतिदेवसँग मिलेर बेल्जियममा ‘गरी सुमी’ नामक नेपाली रेस्टुरेन्ट खोलेकी छन् । यसैवर्ष नेपाल आएर बेल्जियम फर्केकी गरिमालाई अधिकाशं फिल्ममा सोझी युवतीको भूमिकामा दर्शकहरूले देखे । उनले फिल्ममा आफ्नो छवि कहिल्यै धमिलो बनाइनन् न त उनका कुनै स्क्यान्डलका खबरहरू नै बाहिर आए । पर्दामा सधैँ सारी चोलो वा कुर्था सुरवालमा देखिएकी गरिमाको शरीरबाट अहिले यी सबै पहिरन हराएका छन् । अहिले उनको पहिरन हेर्दा दर्शकको होस् उड्ने गरेको छ ।विवाहपछि पहिरनमा खुलेकी गरिमाको शरीरमा अहिले वान पिसले समेत ठाउँ पाउन थालेका छन् । हालै उनले आफ्नो इन्स्टाग्राममा बेल्जियमको समुद्री तटमा खिचिएका केही हट तस्बिरहरू सेयर गरेकी छन् । जसले फिल्म ‘झोला’ की सोझी गरिमा पन्त बिर्साउँछ । उनका यी तस्बिरबाट यो भन्न सायद गलत नहोला की गरिमाले बिहेपछि आफ्नो शरीरबाट साडी चोलीलाई अलआउट गरेकी छन् ।

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …