Tuesday , January 23 2018

‘हिरो रिटर्न्स’ ले सबिनलाई कमव्याक गराउला

नायक सबिन श्रेष्ठको निर्माणमा बनेको चलचित्र ‘हिरो रिटर्न्स’ को रिलिज मिती तय भएको छ ।लामो समयको संघर्षपछि सबिनले आफनो चलचित्रको लागि रिलिज मिती पाएका हुन् । निर्माण टिमले नयाँ बर्ष २०७५ को बैशाख २८ बाट यो चलचित्र दर्शकमाझ ल्याउने भएको छ ।चलचित्रमा सविन र रेखासँगै, दिल श्रेष्ठ, सरोज खनाल, सुलेमान शंकर ‘इकु’ , रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठ, किरण श्रेष्ठ लगायतको अभिनय छ । यो चलचित्र मेकिङमै अल्झिएको धेरै नै भईसकेको छ ।

लामै समय भयो उनी पर्दामा आएका छैनन् ।  निकै प्रतिष्पर्धा रहेको समयमा कुनै पनि कलाकार लामो समय दर्शकबातट टाढा हुनु पनि राम्रो पक्कै पनि होईन । यसैबीच सबिनले भने मेकिङमा केही चित्त नबुझेको कारण केही दृश्य रिसुट गर्न बाँकी छ ।त्यसैले पनि यो चलचित्र दर्शकमाझ आउन ढिलो भएको उनको भनाई छ ।चलचित्रमा शिवम अधिकारीको कथा, मदनकाश्यप घिमिरेको छायांकन, दिपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन र मित्र गुरुङको सम्पादन रहेको छ ।

आशिष भेटवाल निर्देशित ‘हिरो रिर्टन्स’ का चन्द्र गौतम कार्यकारी निर्माता हुन् । ‘हिरो रिटर्न्स’मा भिम न्यौपाने, अमित श्रेष्ठ, ध्रुब न्यौपाने निर्मातामा छन् ।यसैबीच नेपाल रिलिज पुर्व फिल्मको कतार, अष्ट्रेलिया सँगसँगै लण्डन प्रिमियर हुने भएको छ । अब हेरौ नयाँ नायकहरुको बोलवाला रहेको यस समयमा सबिन कत्तिको सफल हुन्छन् । उनको पछिल्लो रिलिज चलचित्र भने भाग सानी भाग हो ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …