Sunday , October 22 2017

कपिल शर्माको दोश्रो फिल्म ‘फिरङ्गी’को रिलिज डेट सार्वजनिक

कमेडियनबाट नायक बनेका कपिल शर्माको दोश्रो फिल्म ‘फिरङ्गी’ को रिलिज डेट सार्वजनिक भएको छ । कपिलको उक्त फिल्म यसैबर्ष रिलिज हुनेछ । कपिलले फिल्मको रिलिज डेट सार्वजनिक गर्दै ट्वीटरमा लेखेका छन्, ‘‘फिरङ्गी’ १० नोभेम्बर रिलिज हुनेछ । तपाईहरुको माया र आर्शिवादको जरुरत पर्नेछ ।’

फिल्मकी नायिका ईशिता दत्ता पनि फिल्मलाई लिएर निकै उत्साहित देखिएकी छिन् । उनले पनि फिल्मको रिलिज डेट ट्वीटरमार्फत सार्वजनिक गरेकी छिन् । फिल्मको प्राय सुटिङ पंजाब र राजस्थानमा गरिएको थियो । कपिल र इशिताको अलावा फिल्ममा मोनिका गिल पनि मुख्य भुमिकामा देखिएका छन् । कपिल शर्माको लगानीमा बनेको फिल्मलाई राजीव ढींगराले निर्देशन गरेका छन् ।

Check Also

१४ वर्षपछि टेलिभिजनमा देखिनेछन् माधुरीका यी हिरो, यसकारण समाप्त भयो करियर

अनिल कपुरका भाइ संजय कपूर ५२ वर्ष भइसकेका छन् । अक्टोबर १७ तारिख १९६५ मा …