Wednesday , November 22 2017

‘जब ह्यारी मिट सेजल’ को कमजोर ओपनिङ

शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको बलिउड अभिनेता शारुख खान अभिनित फिल्म ‘जब ह्यारी मिट सेजल’ ले कमजोर व्यापारको सुरुवात गरेको छ । फिल्मले पहिलो दिन १५.२५ करोडको कमाई गर्दा शाहरुख खानको करियरमा अर्को धक्का लाग्ने सम्भावना बढेर गएको छ ।शाहरुखका पछिल्ला केहि फिल्मले दर्शकको चित्त नबुझाउँदा त्यसको असर समेत ‘जब ह्यारी मिट सेजल’ मा परेको बुझ्न सकिन्छ ।

शाहरुखको यस अघिको फिल्म ‘फ्यान’ बक्स अफिसमा फल्पनै भयो ।इमियाज अलि निर्देशित फिल्म ७५ करोड माथिको बजेटमा निर्माण भएको हो । फिल्मको समिक्षा समेत कमजोर भएकाले आउँने दिनमा फिल्म ‘जब ह्यारी मिट सेजल’ को व्यापार ओरालो लाग्ने अनुमान गरिएको छ ।

Check Also

लगातार फ्लप – छुल्ठिम गुरुङ

नोभेम्बर रेनमा सहायक भूमिकामा सीमित थिइन्, छुल्ठिम गुरुङ । तर, निकै प्रशंसा कमाइन् । फिल्म …