Thursday , January 18 2018

आइटम गर्दै जेनिशा के.सी

अभिनेत्री जेनिशा केसी नेपाली चलचित्रमा नदेखिएको धेरै भयो । बलिउडमा पदार्पण गर्ने उद्देश्यले विगत केही समयदेखि उनी मुम्बईमा छिन् । उद्देश्यअनुरूप जेनिशाले बलिउडमा पदार्पण गर्ने अवसर त पाएकी छैनन्, तर एउटा भोजपुरी चलचित्रको आइटम गीतमा आइटम डान्सरका रूपमा भने उनले नृत्य प्रदर्शन गर्ने अवसर प्राप्त गरेकी छिन् ।

प्रियंका चोपडाको ब्यानरमा निर्माण भएको चलचित्र काशी अमरनाथको एउटा गीतमा जेनिशाले आइटम डान्स गरेकी छिन् । युट्युबमा सार्वजनिक भैसकेको उक्त गीतमा जेनिशाको कामुक नृत्य हेर्न सकिन्छ । नृत्यमा उनलाई भोजपुरी चलचित्रका सुपरस्टार रवि किसनले साथ दिएका छन् । आइटम डान्सबाट प्रारम्भ भएको उनको यात्रा भोजपुरी चलचित्रकै अभिनेत्री हुँदै बलिउडसम्म पुग्ला–नपुग्ला, बेग्लै कुरा हो । नेपाली चलचित्रमा विराज भट्टको जोडीका रूपमा परिचित जेनिशालाई विराजले नै भोजपुरी चलचित्रतर्फ आकर्षित गराएका हुन् भन्नेहरू पनि धेरै छन् ।

 

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …