Thursday , February 22 2018

कुरा काट्ने मानिसको मुख बन्द गर्न सफल भएकी छु झरना थापा

नायिका झरना थापाले चलचित्रमा अभयिन गर्नुभन्दा चलचित्र निमार्ण गर्नु जटिल कार्य भएको बताउनु भएको छ । चलचित्र पत्रकार संघ दाङले आयोजना गरेको दशै मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रममा उहाले आफुले निर्देशन गरेको चलचित्र मन पराईदिएकोमा धन्यवाद समेत दिनु भयो ।नायीका थापाले नेपाली सिनेमा बजारमा झरणा थापाले निर्देशन गरेको चलचित्र पनि हिट भएकाले आफ्नो कुरा काट्ने मानिसको मुख बन्द गर्न आफु सफल भएको बताउनु भयो ।

राम्रा चलचित्र निर्माण भएपछि दर्शकले पनि रुचाउने चलचित्र ए मेरो हजुर २ ले प्रमाणित गरेको उहाको भनाई छ ।चलचित्र पत्रकार संघ दाङका अध्यक्ष ध्रुवराज न्यौपानेको अध्यक्षतामा एवम् कोषाध्यक्ष शिव पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव सन्तोष केसीले गर्नु भएको थियो ।

Check Also

अमृत र संगीताको यस्तो छ ‘मग मग’

भ्यालेन्टाइन डे लाई लक्षित गर्दै गायक अमृत छेत्रीले आफ्नो स्वरमा सजिएको गीत ‘मग मग’ लिएर …