Saturday , February 24 2018

अनमोलको विषयमा बोलिन् झरनाः ५० लाखको अफर गरेको छैन

यतिबेला सामाजिक संजालमा अभिनेता अनमोल केसी चारै तिर छाएका छन् । एक चलचित्रका लागि ५० लाख पारिश्रमिक लिएको चर्चाले अहिले सामाजिक संजाल रंगिएका छन् । हिरोले ५० हजार लिए हिरोइनलाई कति दिने, निर्देशक र प्राबिधिकको कति तोक्ने लगायत अहिले सामाजिक संजालमा चर्चा र ब्याङ्ग्यको बिषय बनेका छन् । केही अनलाइन मार्फत अनमोललाई चलचित्र खेलाउन अभिनेत्री झरना थापाले ५० लाख पारिश्रमिकको अफर दिएको समाचार सार्वजनिक  भएपछि यो बिषयले सामाजिक संचालमा बहस निम्त्याएको हो । चलचित्र क्षेत्रका हस्ती देखि नयाँ पुस्तासम्मले यो बिषयलाई लिएर सामाजिक संजालमा बिभिन्न ब्याङ्ग्यात्मक स्टाटस पोष्ट गरिरहेका छन् ।

यता अफर पाएको भनिएका अनमोलको तर्फबाट भने केही आधिकारिक धारणा आइसकेको छैन । तर अफर गरकेो  भनिएकी अभिनेत्री निर्देशक झरना थापाले भने यो बिषयको खन्डन गरेकी छन् । उनले मंगलबार बिहानै एक स्टाटस लेख्दै ५० लाख पारिश्रमिकको बिषय अपवाह मात्रै भएको जनाएकी छन् । झरना आफ्नो डेब्यु चलचित्र ‘ए मेरो हजुर २’सफलता यसकै सिक्वेलको तयारीमा छिन् । समाचारका यो सिक्वेलको लागि झरनाले अनमोललाई यति धेरै रकमको अफर गरिएको भन्ने सार्वजनिक भएको थियो । तर यो सरासर झुठो रहेको झरनाले बताइन् ।उनले भनिन् ‘म र मेरो श्रीमान् ‘सुनिल कुमार थापा’ दुवैले चलचित्रको लागि अनमोलसँग कुरै गरेका छैनौं ।’ ‘कसरी फैलियो त ५० लाखको हल्ला मलाई थाहा छैन’ उनले थपिन् ।

Check Also

अमृत र संगीताको यस्तो छ ‘मग मग’

भ्यालेन्टाइन डे लाई लक्षित गर्दै गायक अमृत छेत्रीले आफ्नो स्वरमा सजिएको गीत ‘मग मग’ लिएर …