Wednesday , November 22 2017

नयाँ फिल्म निर्देशन गर्दै निश्चल

पछिल्लो समय पारिवारिक कारणले नयाँ दिल्लीमा रहेका निर्देशक निश्चल बस्नेतले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । दीपक आचार्य , कुमार कट्टेल र अर्जुन घिमिरेको संयुक्त लगानीमा बन्ने भनिएको फिल्मलाई निश्चलले निर्देशन गर्ने भएका छन् । पछिल्लो फिल्म लूट २ मार्फत आलोचना पाएका निश्चल अब निकै विचार गरेर मात्र फिल्म निर्देशन गर्ने बताएका थिए ।

निर्देशन गर्ने पक्का पक्कि भईसकेपछी सम्झौता समेत भएको छ । फिल्म निर्माण टिमले नयाँ दिल्लीमा पुगेर निश्चलसँग फिल्म निर्देशन गर्ने सम्झौता गरेको हो । फिल्मको नाम दर्ता हुंन बाँकी रहेकाले सार्वजनिक गरिएको छैन । यद्पी फिल्म कमेडी, सेन्टिमेन्ट र सामाजिक विषयमा आधारित रहन निर्माता दिपक आचार्यले बताएका छन् ।

Check Also

लगातार फ्लप – छुल्ठिम गुरुङ

नोभेम्बर रेनमा सहायक भूमिकामा सीमित थिइन्, छुल्ठिम गुरुङ । तर, निकै प्रशंसा कमाइन् । फिल्म …