Tuesday , October 24 2017

‘जुड्वा २’ ले तीन दिनमा कमायो ६० करोड

गत शुक्रबारबाट रिलिजमा आएको बरुण धवन, ज्याकलिन फर्नाडिज र तपसी पन्ननुको अभिनय रहेको फिल्म ‘जुड्वा २’ ले बक्सअफिसमा धमाल गरिरहेको छ । यो फिल्मले पहिलो दिनको कमाईको आधारमा नै ‘जुड्वा २’  यस बर्ष सबैभन्दा धेरै कलेक्सन गर्ने चौथो फिल्म बनेको छ ।

डेविड् धवनले निर्देशन गरेको यस फिल्मले पहिलो दिनमा १६.१० करोड कलेक्सन ग¥यो ।तीन दिनमा मात्र ‘जुड्वा २’ ले करिब ६० करोड कलेक्सन गर्न सफल भएको छ । यसमानेमा यो फिल्म सुपरहिटको  दर्जामागईसकेको छ । जुड्वा २ को सफलताले बिषेशगरी नायिका ज्याकलिनलाई निकै राहत दिएको छ ।

तपसी पन्नुले बलिउडमा यसअघि नै केही हिट फिल्म दिईसकेकीछिन् ।उता बरुण धवन आफनो होमप्रडक्सनको फिल्ममा पनि सफल साबित भएका छन् । सन १९९७ मा डेविट धवनले नै निर्माण एवं निर्देशन गरेको ‘जुड्वा’ मा सलमान खान , करिश्मा कपुर र रम्भाको अभिनय रहेको थियो ।

-एजेन्सीको सहयोगमा

Check Also

‘बट्टारे कान्छा’ सारिकाको प्रेमजालमा

मेरी बाँस्सै’ तथा ‘खासखुस’ हाँस्य टेलीश्रृंखलाबाट ‘बट्टारे कान्छा’ नामले चिनिएका कलाकार सन्देश लामिछाने मोडल सारिका …