Tuesday , January 23 2018

कान्छीको जिउ ज्यान दाउमा

‘कान्छी’ फिल्ममा समावेश ‘यो जिउ दाउमा लाउने’ बोलको गीत बिहीबार सार्वजनिक गरिएको छ । अभिनेत्री श्वेता खड्काको निर्माण र आकाश अधिकारीको निर्देशनमा बनेको फिल्म फागुन ४ गतेदेखि प्रदर्शन हुँदै छ ।कान्छीको ‘चरी चट्ट परी’ बोलको गीत अहिले चर्चामा छ । दुई महिनाअघि सार्वजनिक गरिएको सो गीत युट्युबमा ७६ लाखभन्दा बढीचोटि हेरिएको छ ।

धर्मेन्द्र सेवानको स्वर, दयाराम पाण्डेको शब्द र अर्जुन पोखरेलको संगीत रहेको यो जिउ दाउमा लाउने गीतको भिडियोमा दयाहाङ राई, श्वेता खड्का, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा र भूमिका श्रेष्ठलाई प्रस्तुत गरिएको छ । वसन्त श्रेष्ठले कोरियोग्राफी गरेको गीत पुरुषोत्तम प्रधानले खिचेका हुन् ।काया फिल्म्सको ब्यानरमा बनेको फिल्ममा दयाहाङ, श्वेता, अनु, कामेश्वर, नीर शाहलगायतले अभिनय गरेका छन् । यो गीतले पनि दर्शक–स्रोताको मन जित्ने विश्वास श्वेताले व्यक्त गरेकी छिन् ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …